२१ फाल्गुन २०७७, शुक्रबार

निषेधाज्ञा खोलेकै दिन उपत्यकामा ५७२ कोरोना सङ्क्रमित थपिए



२५ भाद्र, काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो पारेकै दिन काठमाडौं उपत्यकामा ५ सय ७२ कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ गरी उक्त संख्यामा सङ्क्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठकाडौंकी ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकासहित बिहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित देशभर सङ्क्रमितको संख्या ५० हजार ४६५ पुगेको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

देशका विभिन्न अस्पतालमा उपचाररत १ हजार ८ सय १८ जना सङ्क्रमित निको भएको घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सङ्क्रमितको संख्या १४ हजार ४ सय ४८ छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ र अन्य २ सहित ५ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । प्रवक्ता गौतमका अनुसार २१ जनाको विभिन्न अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ ।

आज देशभर विभिन्न प्रयोगशालामा ११ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ८ लाख १० हजार भन्दा बढिको पिसिआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु