१५ मंसिर २०७८, बुधबार

रुकुम पश्चिमको सभापतिमा प्रेमप्रकाश वली



सुर्खेत, ९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुकुम पश्चिमको सभापतिमा प्रेमप्रकाश वली चयन भएका छन् । वली सर्वसम्मत चयन भएका हुन् । वली यसभन्दा अगाडी पनि जिल्ला सभापतिको भूमिका थिए ।

त्यस्तै, उप–सभापतिमा हर्कसिङ खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर शाही, सह–सचिवमा यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्का चयन भएका छन् ।
जिल्ला कार्य समितिले कोषाध्यक्ष मनोनित गर्ने भएको छ । यसभन्दा पहिलेका कोषाध्यक्ष मोहवीर खड्कालाई नै दोहोर्‍याउने संकेत दिइसकेको छ ।

रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व सर्वसम्मत भएको हो । प्रदेश निर्वाचन क्षेत्र ‘क’मा महेन्द्र केसी चयन भएका छन्, भने ‘ख’मा भद्रबहादुर विष्ट चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको