१५ मंसिर २०७८, बुधबार

डोल्पा कांग्रेसको सभापतिमा शाही निर्वाचित




सुर्खेत । नेपाली काङ्ग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही बिजय भएका छन् । उनले २ सय ३७ मत ल्याएर बिजयी भएका हुन् ।
तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै शाही बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी बुढाले १ सय ५८ मत ल्याएका छन् । अर्का उम्मेदवार गा‌ैरीशंकर उपाध्यायले २३ मत र दूध कुमारी हमालले ११ मत प्राप्त गरेका छन् ।
दुई सिट रहेको उप९सभापतिमा २ सय ४४ मत सहित पुर्ण शाही बिजयी भएकाछन् । लब कुमार शाही पनि २ सय १० मत ल्याएर बिजयी भएका छन् ।
उपसभापतिका उम्मेदवार श्याम रोकायले २ सय मत ल्याएर पराजित भएका छन् ।
त्यसैगरी सचिवमा २ सय ४० मत ल्याएर हिक्मतबहादुर शाही र २ सय ५० मत ल्याएर दशरथ रोकाय बिजय भएका छन् ।
प्रतिद्वन्द्वी सुवास कठायतले १ सय ३५ र जनक बहादुर रोकायले ८८ मत ल्याएर पराजित भएका छन् ।
सह–सचिवमा लक्ष्मण बहादुर शाहीले २ सय ३१ र सुरेन्द्र प्रसाद महतले २ सय ६० मत ल्याएर बिजयी भएका छन् ।
सह–सचिवका उम्मेदवार दिल कुमार रोकायले १ सय ५० मत ल्याएर पराजित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको