१४ मंसिर २०७८, मंगलवार

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न विज्ञको प्रस्ताव




काठमाडौं । कर्णालीमा उत्पादन गरिँदैआएको स्याउ तथा ओखरको विकास एवं प्रवर्द्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक रहेको कृषि विज्ञहरूले सुझाव दिएका छन् ।

शनिबार कृषि विज्ञहरूबीच भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले विकास बोर्ड गठनको प्रस्ताव राखेका थिए ।

प्रवक्ता कठायतले खडेरीमा स्याउखेतीको सिंचाइ, हिउँ पोखरीजस्ता नयाँ प्रविधिबारे आफ्नो प्रस्तुति राख्दै स्याउ तथा ओखरको गुणस्तर एवं यथोचित विकासका लागि ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन हुनुपर्ने प्रस्ताव राखे ।

उक्त प्रस्तावमा कृषि विज्ञहरू डा गिरीधारी सुवेदी, डा गोविन्द रिजाल र डा शान्ता कार्कीले मुलुकको अर्थतन्त्रको विकास तथा नागरिकको दिगो आयआर्जनका लागि बोर्ड आवश्यक रहेको बताए ।

ुबोर्ड आवश्यक कुरा होु, डा सुवेदीले भने, ुत्यसो हुन नसके भएकै संरचनाबाट काम बढाउने र मौजुदा जनशक्तिको क्षमता बढाउनतर्फ जोड दिनुपर्दछ ।ु उनले परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै भिरालो जमिनमा स्पोर ९सानो तर हरेक वर्ष फल्ने० जातको स्याउखेती गर्न सुझाव दिए ।

कृषि विज्ञ वासुदेव काफ्लेले बोर्ड गठन गर्दा राजनीतिक चलखेल बढी हुने प्रतिक्रिया दिँदै डा कार्कीले बोर्ड नभए ‘स्याउ तथा ओखर प्रवर्द्धन केन्द्र’ बनाएर कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने जनाए ।

बहसमा मन्त्रालयका प्रवक्ता कठायतले कर्णालीमा खडेरी भएको उच्च भागमा स्याउ तथा ओखरखेती गर्न आवश्यक सिंचाइका लागि हिउँ पोखरी वा घैँटोमा वर्षातको पानी संकलन प्रविधि प्रमुख वैकल्पिक उपाय भएको बताए । ुजलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै गएका छन् । अब ‘एक स्याउ बगैँचा, एक सिमेन्ट पोखरी’ कार्यक्रमलाई अभियानात्मक ढंगले अघि बढाउनुपर्छ,ु उनले भने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको