१० आश्विन २०७८, आईतवार

घट्न नपाउदै फेरी प्रतितोला २४ सयले बढ्यो सुनको भाउ



२९ साउन, काठमाडौं । हिजो बुधबार प्रतितोला ६ हजार २ सयले रुपैयाँले घटेको सुनको मुल्य आज बिहिबार प्रतितोला २४ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ पुगेको हो ।

गत साता मात्रै मूल्य आकासीर १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको सनुको मुल्यमा हिजो बुधबार भारी गिरावट आएर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला २४ सय रुपैयाँ बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महाँसंघले जनाएको छ ।

हिजो बुधबार प्रतितोला १० रुपैयाँमा कारोबार भएको चाँदीको आज बिहिबार ८५ रुपैयाँ बढेर प्रतितोला १२ सय ९५ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको