सर्बत्र नेता
यत्र तत्र सर्बत्र अचेल म नेता देखिरहेछु ।
संजालैभरि जता हेर्यो त्यता देखिरहेछु ।।
।।१।।
महान र गौरवशाली नेता भएको देशमा ।
देश र जनता हराउने बिजेता देखिरहेछु ।।
।।२।।
भोकको कमन्डलुमा भिक्षाप्राप्त लाल नेता ।
रङ्ग बदलेर हरिया, काला सेता देखिरहेछु ।।
।।३।।
न दल चिनिसक्नुछ, न नेता चिनिसक्नुछ ।
उहीँ नेता घरी त्यता घरी यता देखिरहेछु ।।