१४ मंसिर २०७८, मंगलवार

रबि गहतराजको स्वरमा सफ्ट रक गीत ‘तिमी मेरै हौ’ सार्वजनिक (भिडियोसहित)



२९ कार्तिक, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ का लोकप्रीय प्रतिस्पर्धी रबि गहतराजको आवाजमा सफ्ट रक गीत ‘तिमी मेरै हौ’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र करणराज कार्कीको संगीतमा रहेको गीत शुक्रबार सार्वजनिक भएको हो ।

रारापाटीसँग कुरा गर्दै संगीतकार करणराज कार्कीले सफ्ट रक विधाका गीतहरू पछिल्लो समय त्यति सार्वजनिक नभइरहेको अवस्थामा स्रोता दर्शकलाई नयाँ टेस्टको सिर्जना पस्किन खोजिएको बताए । नौलो विषय नभए पनि माया प्रेमलाई नै केही फरक किसिमले प्रस्तुत गरिएको गीतकार लेखु सहयात्रीले बताए । भिडियोमा गायक रबि स्वयमले मोडेल प्रिया लिम्बुसँग अभिनय गरेका छन् ।

गीतको संगीत संयोजन देवेश राईले गरेका हुन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीतको ध्वनी सम्पादन भने किशोर थापाले गरेका हुन् ।

गोकर्ण रिसोर्टको रमणीय स्थानमा खिचिएको गीत ‘संगीत भकारी’ युट्युब च्यानलमा हेर्न सकिन्छ । पिटर गुरूङ्गको छायाँकन र विष्णुहरी तिमल्सिनाको सम्पादन रहेको गीतको भिडियो निर्देशन सुरज तामाङले गरेका हुन् ।

गीतको भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको