५ कार्तिक २०७८, शुक्रबार

दैलेख अस्पतालमा आएसियू सेवा सुचारू : सिकिस्त बिरामीको उपचार अब जिल्लामै



२५ भाद्र, काठमाडौं । नियमीत स्वास्थ्य सेवा प्रवाह गर्दै आएको दैलेख अस्पतालले सघन उपचार कक्षसहितको आइसीयू सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यलयले २ वटा भेन्टिलेटरसहित ५ शैयाको आइसीयू सेवा सञ्चालनमा ल्याएको हो ।

आइसीयू र भेन्टिलेटरका लागि आवश्यक सामग्रीहरू असार अघि नै आएपनि अक्सिजनको अभावले रोकिएको आइसीयू सेवा नियमीत सञ्चालनमा आएको दैलख अस्पतालका अध्यक्ष लोमन शर्माले बताए । रारापाटीसँग कुरा गर्दै शर्माले भने, ‘संघ सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको १ करोड बजेटबाट भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालनमा आएको छ ।’ अध्यक्ष शर्माले प्रदेश सरकारले उपलब्ध गराएको ४० लाखबाट अक्सिजन प्लान्ट निर्माण सुरू भइसकेकाले अब केहि समयमै अक्सिजन अभाव पनि नरहने बताए । शर्माका अनुसार ८० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण भइरहेको छ ।

दम, श्वासप्रश्वास र अन्य गम्भिर प्रकृतिका रोगहरूको उपचार अब दैलेख अस्पतालमा नै हुनसक्ने भएकाले घण्टौं लगाएर सुर्खेत, नेपालगञ्ज पुग्नुपर्ने बाध्यताको धेरै हदसम्म अध्यक्ष शर्माले जानकारी दिए ।

वि.स. २०४५ सालमा तत्कालिन रानी ऐश्वर्य राज्यलक्ष्मी शाहले उद्घाटन गरेको १५ शैयाको अस्पताललाई गत आर्थिक वर्षमा ५० शैयाको बनाइएको थियो । अहिले दैलेख अस्पतालमा ६५ जना कर्मचारीहरूको दर्बन्दी छ । अस्पतालमा लगभग सबै प्रविधिको व्यवस्था भएपनि विशेषज्ञ चिकित्सकको भने अझैपनि अभाव रहेको अध्यक्ष शर्माले बताए । उनले, ‘एक जना मात्रै विशेषज्ञ चिकित्सक भएको आवस्थामा थप विशेषज्ञ चिकित्सकको व्यवस्थाका लागि प्रदेश र केन्द्र सरकारसँग निरन्तर पहल गरिरहेको छु ।’ अध्यक्ष शर्माले अतिरिक्त सेवाको व्यवस्था गरेर भएपनि विशेषज्ञ चिकित्कसहरू उपलब्ध गराइदिन अनुरोध पनि गरेका छन् ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निराजन पन्तले आएसियु सेवालाई थप प्रभावकारी बनाउन मेडिकल अधिकृत र नर्सिङ स्टाफहरूलाई आवश्यक तालिमको लागि प्रदेश राजधानी सुर्खेत पठाउन लागिएको बताए । उनका अनुसार महिनामा ७०–८० जना बिरामीको ओपिडीमा उपचार, २–३ जना एपेन्डिक्स, हर्निया र हाइड्रोशिलका बिरामीको अप्रेशन र कम्तिमा १० जना गर्भवति महिलाकोे शल्यक्रियामार्फत् उपचार भइरहेको छ ।

कोरोनाको सङ्क्रमण र उपचारको अवस्था के छ भन्ने रारापाटीको सवालमा डा. पन्तले जिल्लाभरी जम्मा सङ्क्रमितको संख्या २२ रहेको र १२ जनाको आइसीयुमा उपचार भइरहेको बताए । उनले भने, ‘तुलनात्मक रूपमा अहिले दैलखमा कोरोना धेरै हदसम्म नियन्त्रण भएको छ । दैलेख, दुल्लुलगायतका मुख्य बजारमा १०० जना भन्दा बढिको पिसिआर परिक्षण गरिएकोमा कसैलाई पनि सङ्क्रमण पुष्टि भएन ।’

अहिले दैलेख अस्पतालको प्रयोगशालामा दैनिक १०० देखि १५० जनाको नुमुना सङ्कल हुने गरेको छ । डा. पन्तका अनुसार १२ घण्टाभित्र स्वाव परिक्षण गरी अस्पतालले सबैको नतिजा सार्वजनिक गर्ने गरेको छ ।

४९ करोड लागतमा निर्माण भइरहेको सुविधासम्पन्न नयाँ अस्पताल भवनका लागि प्रदेश सरकारले ३ करोड रूपैयाँ निकासा गरिसकेको छ । यो आर्थिक वर्षभित्रै भवन सम्पन्न गर्नेगरी निर्माण कार्य अगाडि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको