८ जेष्ठ २०७९, आईतवार

सल्यानमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु




सुर्खेत । सल्यानमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आइतबार बिहान सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको ना २ ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोटको खारखोला नजिकै दुर्घटना हुँदा सात जनाको मृत्यु हो ।

पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा श्रीनगरमा मृत्यु भएको सल्यान प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए ।

घाइतेहरूको उद्धारको काम भइरहेको र मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको