१४ फाल्गुन २०७७, शुक्रबार

दुर्गमता र कर्णाली


पदम भण्डारी
२५ भाद्र २०७७, बिहीबार

कर्णाली भन्नासाथ हाम्रो जनजिव्रोमा झुण्डिएको र कर्णालीवासीले मन पराएको ‘कर्नाली’ लाई सम्झन्छौं, मनन गर्छौं र एकपटक पुगेर अनुभव गर्न पाए भन्ने जो सुकैको मनमा लाग्छ । कर्णाली एउटा सभ्यता हो । ठुला ठुला सहरहरूको मानव सभ्यताको विकास नदीसँग जोडिएको हुन्छ । एथेन्स वा मेसोपोटोमिया किन नहोस् वा रोमन सभ्यता नै किन नहोस् हामी नदीसँग जोडिन्छौ । यस्तै नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदीसँग जोडिएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ । हिजोको कर्णाली देख्ने पुर्खाहरूले यहाँका कालीकोट, जुम्ला, मुगु र डोल्पामा गाडी गुडिसकेको देखेका छन् । आजको कर्णाली साविकको पाँच जिल्लाबाट फराकिलो भएर दश जिल्ला बनेको छ अर्थात् डोल्पा, कालीकोट, जुम्ला, मुगु, र हुम्लाबाट फराकिलो बनेर दैलेख, सल्यान, जाजरकोट, रूकुम पश्चिम र सुर्खेत जोडिएर झन ठूलो सम्भावना बोकेको कर्णाली बनेको छ । यस प्रदेशमा १० जिल्लाहरू २५ नगरपालिका, ५४ गाउँपालिका र ७१८ वडाहरू रहेका छन् ।

कर्णाली प्रदेशको एकमात्र लक्ष्य भनेको विकास, पूर्वाधार र परिवर्तन हो । कर्णाली मुलुक समृद्धिको मुहान बन्न चाहन्छ । कर्णालीको समृद्धिमा जल, जमिन, पर्यटन, जडिबुटी, भेषभूषा, भाषा, संस्कृति मुख्य केन्द्र बिन्दु हुन् । कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो, जहाँ सम्भावनाले अवसर दिएको छ । रोजगारी दिएको छ । बाँच्ने आधार दिएको छ । लगानीका अभावमा कर्णालीका थुप्रै सम्भावनाले टुलुटुलु हेरिरहेका छन् । यस अर्थमा हेर्दा अब कर्णालीमा आएर दुःखका गीत होइन समृद्धिका गीत लेख्न बाध्य बनाउने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो । जस्तो एक मात्र उदाहरण कर्णालीलाई जल विद्युत उत्पादनको क्षेत्रका रूपमा विकास गर्न सकिने थुप्रै आधार छन् । कर्णाली हुम्ला हुँदै बग्ने हुम्ला कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने तीला नदीको पानीको उपयोग गरेर विद्युत हवको रूपमा विकास गर्न सकिने आधार छन् । त्यस्तै कर्णालीको पर्यटन सम्भावनामा मात्रै लगानी गरे समृद्धि कुर्ने नपर्ने स्थिति छ ।

कर्णाली प्रदेश भौगोलिक हिसाबले सबैभन्दा ठूलो र जनसङ्ख्याको हिसाबले सबैभन्दा सानो प्रदेश हो । यस प्रदेशको क्षेत्रफल २७९८४ वर्ग किलोमिटर ९१०८०५ वर्ग मी. रहेको छ । यो एघारौं शताब्दी तिरको खस राज्यको क्षेत्र हो । यस हिसाबले कर्नाली प्रदेशले नेपालकै पुरानो सभ्यताको परिचय दिन्छ । समुद्र सतहबाट १९८ मीटरदेखि ७७६७ मीटरसम्म फैलिएको यस प्रदेशलाई भौगोलिक हिसाबले हिमाली र पहाडी गरी दुई भागमा विभाजन गर्न सकिन्छ । सुन्दर प्राकृतिक दृष्य, प्रसिद्ध हिमालहरू, प्रसिद्ध तालहरू, अमुल्य प्राकृतिक सम्पदा, जडिबुटीहरू, धार्मिक क्षेत्र, कला, संस्कृति, प्राचिन इतिहास आदि यस प्रदेशका विशेषताहरू हुन् । नेपालकै सबैभन्दा ठुलो रारा ताल र सबैभन्दा गहिरो से–फोक्सुण्डो ताल यसै प्रदेशमा रहेका छन् ।

साविकको कर्नाली मात्र होइन हालको कर्णाली प्रदेश अरु प्रदेशहरूको तुलनामा दर्गम र अविकसित मानिन्छ । कर्णाली प्रदेशको हालको अवस्थालाई विश्लेषण गर्ने हो भने पनि आर्थिक दृष्टिकोणले अति विपन्न, पूर्वाधारको हिसाबले असजिलो पहुँच, शैक्षिक हिसाबले सबैभन्दा बढि निरक्षरता दर भएको, रोजगारीका दृष्टिले बेरोजगार एवम् खाद्यान्नको हिसावले अभावग्रस्त हुनाले कर्णालीवासी विकराल स्थिति सामना गर्न बाध्य छन् । प्रदेशका दुर्गम जिल्ला अन्तर्गतका विकट गाउँहरू जुन अहिले गाउँपालिका वा नगरपालिकाका वडाहरूलाई केन्द्रित गरी विशेष कार्यक्रम मार्फत् उपयुक्त पहल गर्न नसक्दा २१ औं शदीमा पनि ती गाउँका जनताहरूले मानवोचित जीवनयापन गर्न नसकिरहेको अवस्था विद्यमान छ । विगतमा कर्णाली अञ्चलको हकमा एक परिवार, एक रोजगार (पछि कर्णाली रोजगार कार्यक्रम) कार्यान्वयनमा आएका थिए । कर्णाली रोजगार कार्यक्रमको कार्यान्वयनबाट थोरबहुत भए पनि राहत भएको कुरालाई नकार्न भने हुँदैन । तर उक्त राहतलाई घनीभूत ढङ्गले जीवनस्तर उत्थानकै कार्यमा लगाउन नसकेको भने पक्कै हो ।

यही तथ्यलाई मनन गरी २०६५ सालमा हुम्ला जिल्लाले जिल्ला परिषद्बाटै पारित गरेर कवाडी–सल्लीसल्लाबाट हुम्ला सदरमुकाम सीमकोट जोड्ने घोडेटो बाटोलाई प्राथमिकतापूर्वक सरोकारवाला साविकका गाविसहरूले कार्यान्वयन गर्ने निर्णय गरेका थिए । उक्त स्थानहरूमा पहिला बाटोको कुनै निशाना नभए डोरेटो, डोरेटो भए गोडेटो, गोडेटो भए घोडेटो, घोडेटो भए चक्रेटो र चक्रेटो भए मोटरबाटो बनाई यातायातको कार्यक्रम राख्न उपयुक्त हुन्छ भन्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको थियो । यदि घोडेटो बाटो मात्रै भएपनि हवाई ढुवानीको मारमा परेका जनताहरूले निःसन्देह राहत पाउन सक्नेछन् भन्ने उद्देश्य थियो । यही व्यहोराबाट उपयुक्त निर्णयलाई जिल्लाको हितमा परिभाषित गरिएको थियो ।

अर्थको अनर्थ नलगाउने हो भने कर्णालीलाई सुनखानीमाथि जुटको बोरा ओच्छ्याएर आराम गरेका गरिबहरूको वर्गमा राख्न सकिन्छ – कर्णालीवासीहरूलाई । तर, अहिलेसम्म माछा मार्न सिकाउने र माछा मार्ने ठाउँको विकास गर्नभन्दा माछा लगेर दिने परिपाटी सरकारी एव् गैरसरकारी निकायहरूबाट भएको हुँदा बोरा उठाएर सुनको उपयोग गर्ने जाँगरमा पानी फेरिएको छ । हुन पनि प्राप्त सुविधाजनक परिवेशमा रम्ने प्राकृतिक स्वाभाव, स्तनपायी विवेकी पशु– मानवमा पनि मनग्ये हुँदो रहेछ, नियोकर्टेक्स मस्तिष्कको उपयोग गर्न नसकिँदाको प्रतिफल बनेको छ आज कर्णाली ।

झण्डै नेपालको झल्को दिने कर्णाली प्रदेशमा हिमालदेखि तराइसम्मको भूभागको छनक पाउन सकिन्छ । उदाहरणका लागि सुर्खेतको गर्मी हावापानी, डोल्पाको तलीभुटान क्षेत्र, जुम्लाको सिन्जा र तीला नदीका फाँटहरू, मुगुमा खत्याड एवम् धैनको फाँट, हुम्लाको श्रीनगर मैलाका फाँटहरूमा केरा, कागतीदेखि सिमल, सिमलीसम्म पाउने तराइली वातावरण छ भने थाँगे, डाँफे, घुच्ची, माने, लाङ्ना लगायतका लेकहरूमा झण्डै सदावहार हिउँ हुने गर्दछ । यस्तो भूगोलले जैविक विविधताको प्रत्याभूति गरेको छ । उच्च भूभागहरूमा जडिबुटीको अथाह भण्डार रहेको छ ।

अर्थको अनर्थ नलगाउने हो भने कर्णालीलाई सुनखानीमाथि जुटको बोरा ओच्छ्याएर आराम गरेका गरिबहरूको वर्गमा राख्न सकिन्छ– कर्णालीवासीहरूलाई । तर, अहिलेसम्म माछा मार्न सिकाउने र माछा मार्ने ठाउँको विकास गर्नभन्दा माछा लगेर दिने परिपाटी सरकारी एव् गैरसरकारी निकायहरूबाट भएको हुँदा बोरा उठाएर सुनको उपयोग गर्ने जाँगरमा पानी फेरिएको छ । हुन पनि प्राप्त सुविधाजनक परिवेशमा रम्ने प्राकृतिक स्वाभाव, स्तनपायी विवेकी पशु– मानवमा पनि मनग्ये हुँदो रहेछ, नियोकर्टेक्स मस्तिष्कको उपयोग गर्न नसकिँदाको प्रतिफल बनेको छ आज कर्णाली ।

विगतमा विश्व खाद्य कार्यक्रमले स्थानीय वा राष्ट्रिय गैर सरकारी संस्था मार्फत् होस् वा सरकारले चामल ढुवानी अनुदान दिएर होस् वा यस्तै–यस्तै विकासका प्रयासहरू सञ्चालन गरेर किन नहोस्, सबैले जनताहरूको खाने बानीमा बाह्य स्वाद पोखिदिए । चामल खाने वर्ग सम्भ्रान्त वर्ग हुन् भन्ने खालको गलत सूचना प्रवाह गरे । जसले गर्दा अचेल फापर बारीहरूमा फापर फल्न छाडिसके, चिनु/कागुनो त नयाँ जमातले चिन्ह पनि छोडे होलान्, मास्र्या भनेको पनि खाने चिज हो र ! भन्ने प्रश्न तेर्सिने समय आइसकेको प्रतित हुन्छ । स्याउ, खामु, चुली, आरुहरूले पनि हिमाली स्वच्छताबाट विमुख हुँदै रासायनिक मलको आहारा र किटनाशक औषधिको चटनी चाख्न थाले । एकातर्फ वनस्पति जगतको यो व्यहोरा जन्तु जगतमा पनि लागु हुन जाँदा मन्द विषको रूपमा स्विकारिएको सेतो ताछेको चामल खान थालेर ओखल र मुसलबाट भिटामीन र लवणको खानी भएको चामललाई विस्थापित भएको छ भने अर्कोतर्फ चिनु, कागुनो, फापर जस्ता स्वच्छ हिमाली उत्पादनहरूको प्रयोग शुन्य प्रायः भएको छ ।

जसरी ठेट नेपाली (खस भाषा) बोल्दा अचेलको युवा जमात आफूलाई गिज्ज्याएको/खिजाएको जस्तो ठान्दछन् अर्थात् कोर्काली भएको महसुस गर्दछ । त्यसैगरी यहाँको स्वच्छ उत्पादनको उपभोग गर्दा कर्णालीको सम्भ्रान्ततामा स्खलन भएको महसुस हुन थालेको छ । के आफ्नो प्राकृतिकतालाई कृतिमताले प्रतिस्थापन गर्नु नै वर्तमानको सभ्यता हो ? होइन भने सुन माथि बोरा ओच्छ्याएका कर्णालीबासीहरूमा बाह्य प्रदर्शन प्रभावका कारण खाद्यान्नको अभाव नभै चामल अभावको स्थिति सिर्जिन पुग्दा खान नपाउने मुलुकका गरीब जनता जस्ता हुनु परेको छ । यस मानेमा अहिलेको कर्णाली प्रदेश सरकारले यस क्षेत्रमा खाने बानीमा सुधारका अध्यायहरू जनमानसमा पस्किनु पर्ने अनिवार्य अवस्था सिर्जना भएको स्पष्टै देखिन्छ ।

जडिबुटीको अथाह भण्डार कर्णालीमा यसको समुचित व्यवस्थापनको अभावमा विकृतिको भासमा जाकिन थालेको आभास हुन्छ । जीवनबुटी अर्थात् यार्चागुम्बा सङ्कलनको समयमा विद्यालयहरू समेत बन्द गरी शिक्षक विद्यार्थीहरू समेत त्यसको खोजीमा जाने गर्दछन् । १५ र २० वर्ष पहिलेको एउटा दृष्टान्त ‘डोल्पाको ७/८ कक्षामा पढ्ने विद्यार्थीले यार्चागुम्बु जम्मा पारेर दश हजारमा बिक्री गरेछ, त्यसपछि ऊ विद्यालय नगएर जुवा तास खेल्ने स्थलमा गएर दश रुपैया ठिनीको पप्लु खेल्न थालेछ, उसको हातमा शिखर चुरोट र छेउमा वियरको गिलास पनि थियो रे……’ यसका पछाडि साथमा धन पैसा भएका अभिभावकहरूद्वारा सम्पादन गरिने गरेका कामहरूको प्रत्यक्ष प्रभाव सन्निहित देखिन्छ । अनि चोरी गरेर कक्षा उक्लन सकिने परिवेशले पनि थप मलजलको काम गरेको छ ।

जनताहरूलाई सत्मार्गमा लगाउने जिम्मेवार सरकारले यसका उपर के सुधार गर्यो ? वेवास्ताकै परिणाम होइन त यो ? नत्र त्यो विद्यार्थीलाई पनि आफ्नै सन्तानको रूपमा देख्न नसक्ने जुवाडेहरू उपर शख्त कारवाही हुनुपर्ने होइन र ? त्यस्तालाई कहीं र केही कारवाही भएको छ त ? यस अर्थमा अबको नयाँ नेपालको सन्दर्भमा सम्पूर्ण व्यक्तिहरू विना वर्दीका सुरक्षकर्मी बन्ने वातावरण अनिवार्य रूपले सिर्जना हुनु पर्दछ । होइन भने जुन जोगी आए पनि कानै चिरेको जस्तो हुनेछ ।

बरु जडिबुटीहरूको पूर्ण उपयोगका लागि अर्को पाटोबाट पनि हेरिनु त्यत्तिकै जरुरी देखिन्छ । प्रथमतः कर्णालीमा पाइने सम्पूर्ण जडिबुटीहरूको अध्ययन÷अनुसन्धान सघन ढङ्गले भैसकेको छैन । यसर्थ कहाँ, के, कस्तो र कति जडिबुटीको निधि कर्णाली हो? भन्ने विषयमा गहन अनुसन्धान हुन अति आवश्यक छ । त्यसपछि प्राप्त अध्ययन प्रतिवेदनको आधारमा कम्तिमा दशवटा सम्भाव्य जातका जडिबुटीहरूको व्यवसायीकरण गरिनु पर्दछ । यसो गर्न सकेमा मात्र यी प्रकृतिका अनकन्टर खोँचहरूबीचमा उभिएका हिमाच्छादित सुमेरुहरूलाई अभिशापका रूपमा नभै वरदानका रूपमा स्वीकारिएको र पर्वतेश्वरहरूको पूजन गरेको ठहर्नेछ । अन्यथा आदर्शका वाक्यहरूले मात्रै भइरहेको अनियन्त्रित र अव्यवस्थित दोहनलाई बार हाल्न सक्ने छैन । अझ अर्को सन्दर्भ यहाँनेर जोडिनु उपयुक्त हुनेछ । आफ्नो हातको घडि फुकालेर अरुलाई दिई कति बज्यो ? भनेर समय सोध्नु जस्तोभन्दा जडिबुटीहरूको प्रशोधन प्रणालीहरूको स्थापना गरिनु उपयुक्त देखिन्छ ।

यसो गर्नका लागि दुई किसिमले सोंच्नुपर्ने हुन्छ । एउटा कुटिर उद्योगहरूको बारेमा सोंच्दै अग्र–पाश्र्व सम्बन्धलाई मध्यनजर गरेर स्थापना गर्ने र अर्को ठूला बहुराष्ट्रिय कम्पनीहरूलाई प्रवेश दिने गर्दा थप फलदायी हुन्छ । उदाहरणका लागि चुली, खामु, आरुहरूको जाम, जेली वा सुक्का फलपूmल बनाउन ड्रायरको व्यवस्था मिलाइन्छ कहीं भने त्यहींनेर बियाँहरूबाट तेल निकाल्ने प्रविधि पनि जडान गर्ने र तेल निथ्रिएको पीनालाई पशुपन्छी आहारामा वा मलमा केमा प्रयोग गर्दा उपयुक्त हुन्छ सो बारेमा सम्बन्धित प्राविधिज्ञहरूले सोची लागु गरेमा निःसन्देह लाभग्राहीहरूले यथोचित लाभ प्राप्त गर्न सक्नेछन् भने अन्तर्राष्ट्रिय बजारमा पहुँच बढ्नेछ । बरु त्यस्ता किसिमका सेवा सुविधाहरू उपलब्ध एवम् स्थापना गर्न को–कस्ले, के–कस्तो कार्य गर्ने गर्दछन् त ? भन्ने बारेमा सेवाग्राहीहरूले जानकारी पाउनु पर्ने व्यवस्था मिलाइनु पर्दछ । यसका लागि सम्पूर्ण सरकारी, गैह्र सरकारी वा संस्थाहरूले आफूले सेवा प्रदायीका रूपमा सेवाग्राहीहरूलाई के–कस्तो प्रक्रियाबाट के–कस्तो सुविधा उपलब्ध गराइन्छ भन्ने व्यहोरा खुलेको नागरिक वडापत्र तयार पारी कडाईका साथ लागू गर्न अनिवार्य देखिन्छ, जुन औपचारिकताका खातिर भएपनि राखेको पाइन्छ ।

यसको लागि सक्षम, दक्ष एवम् उपयुक्त जनशक्तिको प्रभावकारी व्यवस्थापन अनिवार्य पक्ष हो । अर्को यत्तिकै जरुरी पक्ष के छ भने तसर्थ, कर्णालीमा आएका र आउने जनशक्तिलाई ‘कोई केई नभएका, दाल्द–डोडारी, केन्द्रबाट हेपिएर÷पेलिएर यहाँ आएका ……’ जस्ता ठानिने स्थानीय सोंचाइमा परिवर्तन आउनु पनि उत्तिकै जरुरी छ । यहाँ पसेका जनशक्तिलाई यहीं सेवा गर्ने वातावरणका लागि सरकारबाट समेत आर्थिक एवम् गैरआर्थिक सुविधाहरू थप गरी दुर्गममा सेवारत रहने दर ९च्भतभलतष्यल च्बतभ० बढाउनुमा छ ।

यसरी विश्व मानचित्रमा गरीबको पङ्तिमा रहेको नेपालको विकट/दुर्गम भएका कारण गरीव मानिएको कर्णालीमा उपयुक्त जनशक्ति उपयुक्त स्थान, उपयुक्त स्थान उपयुक्त विधि÷प्रविधि, उपयुक्त विधि÷प्रविधिको उपयुक्त प्रयोग जस्ता व्यवस्था मिलाउन सके कर्णालीबासीले ओच्छ्याएको सुन माथिको बोरा उठाएर यहाँको सुनको समुचित उपयोग हुन सक्नेमा दुईमत गर्ने स्थान देखिंदैन । परिवर्तित सन्दर्भमा नेपालको मुहार फेर्ने नेतृत्व वर्गलाई समुचित व्यवस्था मिलाउने विवेक यथासमयमै प्राप्त होस् ।

(लेखक भण्डारी कर्णाली क्षेत्रमा विभिन्न विकाससँग सम्बन्धित सङ्घसंस्थाहरूमा विगत दुई दशकभन्दा बढि समयदेखि कार्यरत छन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु