१४ मंसिर २०७८, मंगलवार

जापानी राजकुमारीले प्रेमीसँग गरिन् विवाह, खोसियो राजकीय पदवी




एजेन्सी । जापानकी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन् । माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण व्यक्ति केइ कोमुरोसँग विवाह गर्ने घोषणा गरेकी थिइन् ।

अन्ततः माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी हुन । विवाहलगत्तै उनको जापानको राजकीय पदवी खोसिएको छ ।

जापानमा राजपरिवारका महिला सदस्यले सर्वसाधारणसँग विवाह गरेमा स्वतः राजकीय हैसियत समाप्त हुन्छ । महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ प्रावधान भए पनि पुरुषलाई यो बाध्यता छैन ।

माकोले कुमुरोसँगको विवाहका लागि राजकीय पदवी त्याग्ने बताउँदै आएकी थिइन् । राजपरिवारको सहमतिपछि राजपरिवार बाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो ।

माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो छोरी हुन् । विद्यावारिधि गरिरहेकी उनी अनुसन्धानकर्ताको रूपमा काम गर्दैछिन् ।

माको र कुमुरो लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो । ३० वर्षीय कुमुरोले अमेरिकामा अधिवक्ताको रुपमा काम गर्छन् । विवाहपछि माको पनि अमेरिका नै बस्नेछिन् ।

यो जोडीको सन् २०१७ मा इन्गेजमेन्ट भएको थियो । उनीहरूले आफ्नो विवाहबारे आजै पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको