१४ मंसिर २०७८, मंगलवार

गजल



काम नै कर्म सिकियो बा आमाबाट ।

ईमान नै धर्म सिकियो बा आमाबाट ।।

।१।।

इमानदारीता र मेहनत नै धर्मकर्म हुन ।

गर्न अर्म पर्म सिकियो बा आमाबाट ।।

।।२।।

परिश्रम र पसिना फुलेपछि फलेपछि।

पसिनाको मर्म सिकियो बा आमाबाट ।।

।।३।।

कर्म रोपेर अर्म पर्म गर्दै मर्म बुझ्ने धर्म ।

के हो लाज सर्म सिकियो बा आमाबाट ।।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको