१५ मंसिर २०७८, बुधबार

सरकारको निर्णय: बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई प्रतिव्यक्ति २ लाख राहत



३ कार्तिक, काठमाडौं । सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विपदका घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति २ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

एकै परिवारमा एकभन्दा धेरै व्यक्तिको विपदमा परेर मृत्यु भएमा थप एक लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले बाढीपहिरोले खाद्यान्न बाली, घर तथा पसललगायत क्षति पुगेकालाई पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार पाँच जनासम्मको परिवार भए १५ हजार नगद र पाँचभन्दा धेरै सदस्य भएको परिवार भए २० हजार नगद उपलब्ध गराउने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको