१५ मंसिर २०७८, बुधबार

नबिल बैंकको महाप्रबन्धक तथा डेपुटी सिइओमा मनोज ज्ञवाली



२ कात्तिक, काठमाडौं । मनोज ज्ञवाली नबिल बैंकका महाप्रबन्धकमा बढुवा भएका छन् । उनी १४ महिनाअघि नायव महाप्रबन्धकका रूपमा नबिल बैंकमा आवद्ध भएका थिए । नबिल बैंकको सञ्चालक समितिले सोमबार उनलाई जीएममा बढुवा गर्ने निर्णय गरेको हो ।

उनी अब डेपुटी सिइओको जिम्मेवारीमा समेत पुगेका छन् । नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने चलन रहेको छ । उनीसँगै नविलमा ३ जना डेपुटी सिइओ भएका छन् । सुजित शाक्य र बिनय रेग्मी अहिले डेपुटी सिइओ छन् ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवाली राष्ट्र बैंकमा ७ वर्ष बिताए पछि चिफ फाइनान्स अफिसरका रूपमा ग्लोबल आएमई बैंकमा काम गरेका थिए । कर्णाली प्रदेशको दैलेख जिल्लामा जन्मेका उनी नबिलमा आउनु अगि ज्योति विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको