१५ मंसिर २०७८, बुधबार

चीनले उत्तरी सिमानाका नागरिकलाई मात्र हैन्, सरकारी कार्यालयलाई समेत राहत




१, कार्तिक, सुर्खेत । चीन सरकारले कर्णाली प्रदेशका उत्तरी क्षेत्रमा रहेका नागरिकलाई मात्र हैन्, सरकारी कार्यालयलाई चिनियाँ सरकारको राहत दिने गरेको छ । चाडबाड लक्षित गरेर चीनको सिचुवान प्राप्तको पुराङ काउन्टी जिल्लाले हुम्लाको नाम्खा गाउँपालिका र सो क्षेत्रमा सरकारी कार्यालयलाई १३ लाख चिनियाँ युआनबराबरको खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
पुराङ काउन्टी जिल्ला हुम्ला नाम्खा गाउँपालिकालाई आठ सय बोरा चामल, चार हजार ६ सय ८० बोरा मैदा, ६ हजार पिस एन– ९५ मास्क, ५८ हजार सर्जिकल मास्क, १० हजार पिस हाते पञ्जा, सात सय ५० केजी स्यानिटाइजर, दुई हजार पिस सानो स्यानिटाइजर, दुई हजार तीन सय पिस सेतो पञ्जा, पाँच हजार पिस एनटिजेन किट, एक हजार पिस फेस मास्क र एक सय ६० थान थर्मोगन सहयोग उपलब्ध गराएको हो ।
हुम्ला नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चीनले उपलब्ध गराएको खाद्य सामग्रीमध्ये सशस्त्र प्रहरी बल सिमा सुरक्षा (बिओपी) हिल्सालाई ७५ बोरा चामल र २५ बोरा मैदा तथा हिल्साका स्थानीयवासीलाई एक सय २५ बोरा मैदा, ६० बोरा चामल, नेपाल प्रहरी हुम्लालाई १० बोरा चामल, प्रहरी चौकी यारीलाई पाँच बोरा मैदा र २० बोरा चामल, प्रहरी चौकी याल्वाङलाई पाँच बोरा मैदा र २० बोरा चामल दिइने बताए ।
त्यस्तै, यसैगरी, सिटिजन्स बैंक याल्वाङलाई १० बोरा चामल र वडा नम्बर २ लाई दुई सय २२ बोरा मैदा, वडा नम्बर ३ लाई दुई सय ४६ बोरा मैदा र वडा नम्बर १ लाई चार सय १२ बोरा मैदा दिइने छ ।
नाम्खा गाउँपालिका– ६ लिमीमा एक हजार आठ सय ४५ बोरा मैदा, २० बोरा चामल, नाम्खा गाउँपालिका– ५ को यारी गाउँलाई तीन सय ३० बोरा मैदा, एक सय ६५ बोरा चामल र यारीको नेम गाउँलाई ७० बोरा मैदा र ३० बोरा चामल हस्तान्तरण हुने अध्यक्ष तामाङले बताए ।
मुचु गाउँलाई तीन सय ४८ बोरा मैदा, एक सय १४ बोरा चामल, चाला गाउँलाई एक सय ८० बोरा मैदा, ६० बोरा चामल, याल्वाङलाई दुई सय ४० बोरा मैदा, ९६ बोरा चामल, याङगारलाई एक सय ७० बोरा मैदा, ६८ बोरा चामल, याल्वाङ गुम्बालाई दुई सय ६० बोरा मैदा दिने निर्णय भएको अध्यक्ष तामाङले बताए ।
प्रत्येक वर्ष चीन सरकारले नाम्खा गाउँपालिकालाई खाद्यान्न लगाएतका अन्य सहयोग सामग्री हस्तान्रण गर्दै आएको अध्यक्ष तामाङले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको