१५ मंसिर २०७८, बुधबार

एमालेको वडा अधिवेशन कार्तिक ६ गते




१ कार्तिक, काठमाडौं । नेकपा एमालेले देशभर एकै दिन वडा अधिवेशन गर्ने भएको छ । एमालेले यही कात्तिक ६ गते ६ हजार ७४५ वडामा अधिवेशन गर्न लागेको हो । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तयारी रहेको एमालेले जनाएको छ ।

वडा अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र वडा सद सदस्यहरु चयन हुनेछन् ।

त्यस्तै कात्तिक ९ गते पालिका अधिवेशन हुने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । उनका अनुसार ७५३ वटै स्थानीय तहमा ९ गते नै पालिका अधिवेशन हुनेछ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशन मंसिरमा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको