१५ मंसिर २०७८, बुधबार

दसैँभत्ता दलित बालबालिकालाई सहयोग गर्ने सांसद शाहीको घोषणा




१ असोज, सुखेृत । डोल्पा प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीले दसैँभत्ता दलित बालबालिकालाई सहयोग गर्ने घोषणा गरेका छन् ।

निर्वाचन क्षेत्रभित्रका कुनै विद्यालय छनोट गरेर दलित बालबालिकाहरू प्रदेश सरकारले दसैँखर्चबापत उपलब्ध गराएको रकम सहयोग गर्ने घोषणा गरेका हुन्

डोल्पामा अन्य समुदायको तुलनामा दलित समुदाय गरिबी र शैक्षिक हिसाबमा पछि परेकाले थोरै भए पनि शैक्षिक सामग्री जुटाउन राहत पुगोस् भनेर सहयोग गर्ने लागेको उनको भनाइ छ ।

सांसद शाहीले अघिल्लो वर्षको दसैँभत्ता पनि मुड्केचुला– ८ स्थित दलित बालबालिका अध्ययन गर्ने एक आधारभूत विद्यालयलाई सहयोग गरेका थिए । जनताको प्रतिनिधि भएकाले जनताका सुखदुःखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको