२० जेष्ठ २०८०, शनिबार

कर्णाली प्रदेशमा एकै दिन २८ कोरोना सङ्क्रमित थपिए



२४ भाद्र, काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा २८ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशका पाँच जिल्ला र अर्को प्रदेशको एक जिल्लाका व्यक्तिहरूमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा १७, रूकुम पश्चिममा ४, सल्यान र दैलेखमा २/२, जाजरकोट, मुगु, र चितवनका १/१ जना सहित २८ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्क्षी अन्वेशष प्रयोगशाला, सुर्खेत, चौरजहारी अस्पताल प्रयोगशाला, रूकुक पश्चिम र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा बढि १७ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६, ७, ८, ९, १०, १२ र १४ का ७ महिला र १० जना पुरूष रहेका छन् । आजकोसहित कर्णाली प्रदेशमा जम्मा कोरोेना सङ्क्रमितको संख्या २७१९ पुगेको स्वास्थ्य सेवा माशाखाले जनाएको छ ।

प्रदेश अन्तर्गतका विभिन्न अस्पतालमा उपचाररत १४ जना कोरोनालाई जीतेर घर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २३ सय ५४ पुगेको छ ।

कर्णाली प्रदेशमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए । शाहीका अनुसार हाल सक्रिय सङ्क्रमितको संख्या ३ सय ५९ रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको