१५ फाल्गुन २०७७, शनिबार

नक्कली नोट कारोबारका नाइके ‘डबल एजेण्ट’ इल्ताफ पक्राउ



२९ साउन, काठमाडौं । नक्कली नोट कारोबारका नाइके इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले अन्सारीलाई पक्राउ गरेको प्रहरी उच्च स्रोत बताएको छ ।

विवाद र रहस्यका उत्कर्षमा रहेको पछिल्लो १५ सुनचाँदी प्रकरणमा उनको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको थियो । सुन ओसार्न प्रयोग भएको बा ६ च ५५११ नम्बरप्लेटको स्कर्पीयो गाडी अन्सारीको भएको खुलेको थियो ।

काठमाडौंको कमलपोखरीबाट शंकास्पद प्रहरीले स्कर्पियोलाई पछ्याएपछि सुनचाँदी राखिएको झोला फ्याँकेर गाडी भागेको थियो । त्यसयता अन्सारीको खोजी तिब्र पारेको महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर टेकुले सफलता हात पारेको हो । अब विवादास्पद १५ किलो सुन प्रकरणको रहस्य पनि बाहिर आउने सम्भावना देखिएको छ ।

प्रहरीको बुझाइका ‘डबल एजेण्ट’ अन्सारी को हुन् ?

आफुलाई पेट्रोल पम्पको सञ्चालक बताउने इलताफ हुसेन अन्सारी बाराको प्रस्टोखा–२ हरपुरका बासीन्दा हुन् ।

प्रायः वीरगञ्जमै बस्ने अन्सारी २०६८ साल असार २८ मा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीइ रुपैयाँको मुख्य कारोबारी थिए । घटनापछि फरार उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले भण्डै ४ वर्षपछि अर्थात् २०७२ जेठमा पक्राउ गरेको थियो ।

पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका युनस अन्सारीसँग पनि उनको निकट सम्बन्ध रहेको बुझिएको छ ।

हरेक आपराधिक क्रियाकलापमा फरक–फरक नामले संलग्न हुने गरेका अन्सारी पाकिस्तान र भारतका लागी गोप्य सुचना सम्प्रेषण गर्ने जासुस पनि हुन् ।

प्रहरी अधिकृतको बुझाइका ‘डबल एजेण्ट’ अन्सारी प्रशासनको जालोमा परेपछि बहु आपराधिक श्रृंखलाको पर्दार्फास हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु