१५ मंसिर २०७८, बुधबार

कम्युनिष्ट नेता मोहन वैद्य अस्पताल भर्ना



३१ असोज, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् ।

लामो समयदेखि दम रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारीका स्रोतले जनाएको छ ।

अस्पतालमा छातीको एक्सरे लगायतका परीक्षण गरिएको वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले जानकारी दिए । उनले भने, ‘चिकित्सकको सल्लाहअनुसार एक–दुई दिन अस्पतालमै बस्नुपर्ने हुनसक्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको