३१ आश्विन २०७८, आईतवार

बालापनको मेरो दशैं


लक्ष्मी वि.सी.
२८ आश्विन २०७८, बिहीबार


हिन्दुु नेपालीहरुको महान पर्व वडा दशैंको रमाइलो माहोलमा हामी रमाइरहेका छौ । गाउँघरमा अहिले कामको चटारो धान काट्न भ्याइनभ्याइ हुँदैछ । मखमली, सयपत्री फूलहरू फुलिरहेका छन् । गर्मी अनि जाडो मौसमको सम्ािश्रण अहिलेको मौसम नै रमाइलो लाग्ने गर्दछ मलाई । घर देखी टाढा स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइहरू घर फर्किरहेका छन् । चाडपर्व आउँदा सबैको मनमा खुसियाली छाउने गर्दछ । खासगरि दशै र तिहार मलाई एकदमै मन पर्ने चाडपर्व हुन् ।

दशैमा नयाँ लुगा लगाएर टिका थाप्दै मान्यजनबाट आर्शिवाद लिनुका साथै नयाँ नोटका दक्षिणा पाइने कुराले साह्रै मन हर्षित हुने गर्दथ्यो त्यो बालापनमा । घरमा बुवाआमाको हातबाट टिका थाप्ना साथ दक्षिणा पाइने आशमा गाउँभरीका सबै आफन्त कहाँ टिका थाप्न गएको अनि दक्षिणा गन्दै बाटोमा हिँडेका ती दिनहरू सम्झिँदा मन प्रफुल्लित भएर आउँछ । अनितलाई त नयाँ नोट मलाई त यस्तो पो मेरो पैसा यति भयो भन्दै हिँडेका दिनहरू सम्झिँदा मन नै आनन्दित हुन्छ कहाँ आउछ र घुमेर त्यो बालापनको उमेर भनेझै साच्चीकै कति सुन्दर हुन्छन् है ती बालापनका साथीहरू अनियादहरू ?

रातो, सेतो कमेरो माटोले लिपपोत गरी चिटिक्क पारिएका घरहरू अनि त्यो कमेरो माटो लिन सानीमाहरूसँग गएको त्यो रमाइलो पल अहिले पनि मेरो मानसपटलमा ताजै छ । कर्णाली क्षेत्रको प्रतिनिधित्व गरेको मेरो जन्मस्थल चिसापानीमा अझै पनि दशैंको दिन देखी पुर्णीमासम्म देउडा खेल, धाँमी नाच हुने गर्दछ । सबै जात धर्मका आ–आफ्नै रितिरिवाज चालचलन रहेको सुन्दरताले भरिपूर्ण विविधतामा एकता रहेको मेरो देशमा छुटछुट्टै स्थान ठाउँ विशेष चाडपर्वहरू मनाउने तरिकाहरू फरक फरक छन् । सबैलाई आ–आफ्नो तरिकाले चाडपर्व मनाउनु पनि एक फरकपन हो ।

खासगरी दशैंको समयमा गाउँघर आफैं रमाइलो भए जस्तै लाग्ने गर्दछ मलाई । रातो, सेतो कमेरो माटोले लिपपोत गरी चिटिक्क पारिएका घरहरू अनि त्यो कमेरो माटो लिन सानीमाहरूसँग गएको त्यो रमाइलो पल अहिले पनि मेरो मानसपटलमा ताजै छ । अनि मेरो गाउँमा लाग्ने मेलाको छुट्टै महत्व छ । दुर्गा पुजामा नयाँनयाँ चलचित्र हेर्न पाइन्छ भन्दै ममीलाई झुट बोली भागेर हेर्न गएको अनि त्यही चप्पल हराएर आएका पुरानादिनहरू सम्झँदा मन नै चङ्गा हुने गर्दछ । विस्तारै अहिले सबै कुराहरू परिवर्तन भएका छन् । कर्णाली क्षेत्रको प्रतिनिधित्व गरेको मेरो जन्मस्थल चिसापानीमा अझै पनि दशैंको दिन देखी पुर्णीमासम्म देउडा खेल, धाँमी नाच हुने गर्दछ । यो परम्परा दशकौंदेखी चल्दै आएको छ । छुट्टै विशेषता रहेको मेरो गाउँमा वर्षनी दशैंमा अन्य ठाउँ भन्दा रमाइलो हुने भएकाले अन्य जिल्ला तथा विभिन्न स्थानबाट पनि मेला हेर्न मानिसहरू मेरो गाउँमा आउने गर्दछन् । जसले गर्दा दशैमा मेरो गाउँ आफै सिगारिने गर्दछ । उसो त गाउँमा बनाइएका लिङ्गगे पिङ खेल्दाको रमाइलो छुट्टै छ । सबै जात धर्मका आ–आफ्नै रितिरिवाज चालचलन रहेको सुन्दरताले भरिपूर्ण विविधतामा एकता रहेको मेरो देशमा छुटछुट्टै स्थान ठाउँ विशेष चाडपर्वहरू मनाउने तरिकाहरू फरक फरक छन् । सबैलाई आ–आफ्नो तरिकाले चाडपर्व मनाउनु पनि एक फरकपन हो ।

विविधताले भरिपूर्ण नेपाली समाजमा विभिन्न जातजाति, ठाउँ अनुसार दशैं मनाउने तरिका भिन्दाभिन्दै हुन्छन् र फरक–फरक खाले मेलाहरू लाग्ने गर्दछन् । खासगरी हामी सबैको बालापनका यादहरू ताजै हुने गर्दछन् । हामी सबैका आ–आफ्नै खालका रमाइला पलहरू, चकचके स्वभाव थियो होला । रमाइलो ज्यादै मन पर्र्ने म खाना नै नखाइ भागेर मेलामा रमाइलो हेर्न गएका ती दिनहरू सम्झँदा फेरि त्यो दिनमा रमाउन मन लाग्छ । मेरी सानीमाको पछि लागेर जहाँ जाँदा पनि उहाँसँगै जानुपर्ने, हिँड्न नसकेपछि सानीमाले नै बोक्नपर्ने, मेलामा नलिएपछि रातभर रोएर बस्ने म चक्लेट, जेरी खाने आशामा सानीमालाई साह्रै दुःख दिएको सम्झँदा आफैलाई बदमास रहेछु भन्ने लाग्छ । लामो समयसम्म नभेटिएका साथीहरूसँग भेट हुने, पुराना यादहरू सम्झँदै हामी यो मेला हेर्न जाँदायत्तिसम्म गरेका थियौं है भन्दै आफ्ना बाल्यकालका बदमासीहरू सम्झँदै उनीहरूसंँग रमाइलो भेट कुराकानीको मज्जा छुट्टै हुन्छ । दशैको बेलामा गाउँमा नै धेरै रमाइलो हुने भएकाले मेरो लागि यो चाड एकदम खास लाग्छ ।

हामी कोरोनाको विषम परिस्थितिमा चाडपर्वहरू मनाउँदै छौ । गत बर्षको जस्तै लकडाउन नभए पनि परिस्थिति भने सहज भइसकेको छैन् । दैनिक १०–१२ जनाको कोरोनाको कारण मृत्य भइरहेको जटिल अवस्थामा हामी आफै सुरक्षित भएर चाडपर्वहरू मनाउन सकौं ।

अहिलेको जटिल अवस्थामा कोरोनाका कारण हामीले आफन्त, घरपरिवारका सदस्य, साथीभाई गुमाएका छौ । अस्पतालमा अझै धाइरहन परेको अवस्था छ । कोरोनाको खोप लगाएका मानिसहरूलाई पनि यो माहामारीले रोक्न सकेको छैन भने हामीमध्ये कतिले त खोप नै लगाउन पाएका छैनौ । कोरोनाको माहामारी कहिलेसम्म रहने भन्ने अझै सम्म टुगाें लाग्न सकेको छैन् । हामी कोरोनाको विषम परिस्थितिमा चाडपर्वहरू मनाउँदै छौ । गत बर्षको जस्तै लकडाउन नभए पनि परिस्थिति भने सहज भइसकेको छैन् । दैनिक १०–१२ जनाको कोरोनाको कारण मृत्य भइरहेको जटिल अवस्थामा हामी आफै सुरक्षित भएर चाडपर्वहरू मनाउन सकौं । धेरै भिडभाड, मेला, रमाइलो पनि नगरौ भन्छु । रमाइलोको नाममा जथाभावी खानपिन, जुवातास, मध्यपान, धम्रपानले पनि हामी आफैलाई असर गरिरहेको हन्छ भन्ने नविर्सौं । खुसी मन भएर चाडपर्व मनाऔं, घाँटी हेरी हाँड निलौं । विशेष गरि चाडपर्वहरूमा नै धेरै दुर्घटनाहरू हने गर्दछन् । उसो त हामीले जानीजानी दुर्घटनाबाट बच्न खोज्दा पनि घटनाहरू घटिरहेका छन् । हामीले ठुलो जनधनको क्षति ब्यहोर्न परेको अवस्था छ । हतार नगरौ स्वयमित भएर सवारी साधनको प्रयोग गरौं । स्वदेश तथा विदेशमा रहने सम्पर्ण नेपालीहरूमा दशैको शुभकामना । जहाँ जस्तो अवस्थामा छौ मन खुसी बनाएर चाडपर्वहरू मनाऔं । सबैको जीवनमा खुसियाली छाओस्, दुर्गा भवानीले हामी सबैको रक्षा गरून ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको