६ आश्विन २०८०, शनिबार

बुधबार १ हजार ८१ कोरोना सङ्क्रमित थपिए, ९ सय १८ डिस्चार्ज



२४ भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र मुलुकभर १ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर विभिन्न प्रयोगशालमा भएको परिक्षणमा उल्लिखित संख्यामा सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

आज थपिएकासहित हालसम्म सङ्क्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । त्यस्तै देशका विभिन्न अस्पतालमा उपचाररत ९ सय १८ जना कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको प्रवक्ता डा. गौतमले बताएका छन् ।

आज देशभर ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो संख्यासहित मृतकको संख्या ३ सय १२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ११ हजार १ सय ६८ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको