५ कार्तिक २०७८, शुक्रबार

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा




२८ असोज, काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबल ९साफ० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशविरुद्ध १–१ को बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो । साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपाल पहिलोपटक फाइनल प्रवेश गरेको हो ।

खेल सुरु भएको केही समयमा नै बंगलादेशले गोल गरेपछि नेपाल निकै दबाबमा परेको थियो । आठौँ मिनेटमा सुमन रेजाले बंगलादेशलाई अग्रता दिलाएका थिए । तर, ८७औँ मिनेटमा बराबरी गोल गर्दै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । नेपालका लागि अन्जन विष्टले पेनाल्टीमा गोल गरेका हुन्।

अब नेपालले उपाधिका लागि आयोजक माल्दिभ्स र भातरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। माल्दिभ्स र भारतबीचको खेल आजै ९ः४५ मा हुनेछ। फाइनल खेल आगामी शनिबार राति हुनेछ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको