गजल
रित्तिदैछ शहर दशैमा ।
गाउँमै छ लहर दशैमा ।।
।।१।।
सुख, शान्ति र समृद्धि ।
साट्नु छ हरप्रहर दशैमा ।।
।।२।।
पीडा लुकाएर,खुसी भएर ।
मनाउनै पर्ने कहर दशैमा ।।
।।३।।
हुँदा खाने र हुनेखानेहरु ।
सङ्गै रमाउने रहर दशैमा ।।
।।४।।
जिजिबिषा र जिम्मेवारी ।
महङ्गीको जहर दशैमा ।।
।।५।।
न्याय र सत्यको विजय ।
हुनेछ भन्ने ठहर दशैमा ।।