३१ आश्विन २०७८, आईतवार

हाँस्य कलाकार मनोज गजुरेलले गरे दोस्रो विवाह



२५ असोज, काठमाडौं । लोकप्रीय हाँस्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफू मन्जु पोखरेलसँग वैवाहिक सम्बन्धमा बाँधिएको जानकारी दिएका हुन् ।

गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए ।

गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा बाबु(नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसैक्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’

मनोज र मन्जुले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेको त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह गरेका सामाजिक सञ्जालमा उल्लेख गरेको छन् । उनीहरूले विवाहपछि कौशलटारस्थित सपरिवार मानवसेवा आश्रममा गएर बुवा–आमालाई खाना खुवाएर विवाह सम्पन्न गरेको बताए ।

पूर्वपत्नी मीनासँगको सम्बन्ध विच्छेदपछि विभिन्न सञ्चारमाध्यममा आएका विषयवस्तुप्रति लक्षित गर्दै गजुरेलले लेखेका छन्, बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ । कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्नुहोला ।

‘सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ।’, मनोजले लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको