३१ आश्विन २०७८, आईतवार

भारतसँग नेपाल पराजित फाइनल प्रवेशका लागि अर्को खेल कुर्नुपर्ने




असोज २५, काठमाडौं । हारका बाबजुद नेपाल ६ अंकसहित दोस्रो स्थानमा छ भने ६ अंकसहित माल्दिभ्स शीर्ष स्थानमा छ, गोलअन्तरले नेपाल माल्दिभ्सभन्दा तल परेको हो
कप्तान सुनील क्षेत्रीले खेलको ८२औँ मिनेटमा गरेको एक मात्र गोलको मद्दतमा भारतले आइतबार नेपाललाई १–० ले पराजित गर्दै दक्षिण एसियाली फुटबल ९साफ० च्याम्पियनसिप प्रतियोगिताको फाइनल प्रवेशको आशा जीवितै राखेको छ । सुनीलले ६ यार्ड बक्समा वान टर्चमै माथिल्लो क्रसबारमा गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका हुन् । उनको एक मात्र गोल नै भारतको जितमा निर्णायक बन्यो ।

हारका बाबजुद नेपालले तीन खेलमा ६ अंकसहित दोस्रो स्थान बनाएको छ । शीर्ष स्थानमा ३ खेलमा ६ अंक जोडेको माल्दिभ्स रहेको छ । गोलअन्तरमा नेपाल माल्दिभ्सभन्दा तल परेको हो । नेपालमाथि कठिन जित निकालेको भारत पाँच अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश चार अंकका साथ चौथो स्थानमा छ । चार खेलमा एक अंक मात्र हात पारेको श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अब अन्तिम चरणको खेल बुधबार हुनेछ । नेपालले बंगलादेशको सामना दिउँसो ४स्४५ बजे गर्नेछ । सोही दिन राति ९स्४५ बजे माल्दिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ । नेपालले माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपमा पहिलो खेलमा माल्दिभ्समाथि १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो ।

भारतलाई हराउँदा नेपाल एक खेलअघि नै पहिलोपटक फाइनलमा पुग्ने थियो । अब पहिलोपटक फाइनल स्थान पक्का गर्न नेपालले बंगलादेशलाई हराउनुपर्नेछ । बंगलादेशलाई हराउँदा नेपालको नौ अंक हुनेछ । बंगलादेशसँग बराबरी भए नेपालको सात अंक हुनेछ । बंगलादेशसँग पराजित हुँदा नेपाल ६ अंकमै सीमित हुनेछ । बंगलादेशको सात अंक हुनेछ । यस्तो समीकरणमा नेपालले अन्तिम दुई स्थान सुरक्षित गर्न माल्दिभ्स र भारतबीचको नतिजा कुर्नुपर्ने हुन्छ ।

नेपालविरुद्धको प्रतिस्पर्धामा भारतसमक्ष जितबाहेक अन्य विकल्प नै थिएन । बराबरी नजिताले समेत भारतको फाइनल यात्रा कठिन हुने थियो । जित्नुपर्ने खेल भएकाले नै भारतले नेपालमाथि सुरुदेखि नै दबाब राखेको थियो । भारतले बल पोसेसनमा उत्कृष्ट बनाएको थियो ।

भारतको आक्रमणलाई नेपालले खेलको ८१औँ मिनेटसम्म विफल पारेको थियो । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अन्तिमसम्म पनि रक्षात्मक रणनीति अपनाएका थिए । नेपालले काउन्टरमा केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । प्रतिस्पर्धामा भारतले सिर्जना गरेको केही आक्रमणमा विफल बनाउन डिफेन्डर रोहित चन्द र गोलरक्षक तथा कप्तान किरण चेम्जोङको भूमिका मुख्य रह्यो ।

खेलको ८२औँ मिनेटमा नेपालीका डिफेन्स र गोलरक्षक किरणबीच तालमेल नमिल्दा भारतका कप्तान सुनीलले विजयी गोल गरेका हुन् । यसअघि खेलको ३४औँ मिनेटमा भारतले एक सुन्दर अवसर खेर फालेको थियो । भारतका सुनीलले ६ यार्ड बक्समा प्राप्त क्रसमा छुन नसक्दा क्षेत्रीले भारतलाई अग्रता गोल गर्न चुकेका हुन् ।

बायाँ साइडबाट बर्नान्ड फर्नान्डोले निकालेको क्रस नेपालका गोलरक्षक चेम्जोङ र डिफेन्डर विट भइसकेको थियो । क्षेत्रीले खाली पोस्टमा गोल गर्न असफल भए । प्रतिस्पर्धामा भारतले पहिलो हाफमा नेपालमाथि दबाब राखेको थियो । नेपाली खेलाडीले मध्यान्तरअघि भारतको आक्रामक खेल विफल पारेको थियो । नेपालले काउन्टर एट्याक्टमा भारतमाथि पोस्ट चार्ज गरेको थियो ।

सुरुवातमा नेपाली टोलीमा तीन परिवर्तन
प्रशिक्षक अलमुताइरीले सुरुवाती लिस्टमा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले कडा प्रतिद्वन्द्वी भारतविरुद्ध पहिलो ११ लिस्टमा मनीष डाँगी, दिनेश राजवंशी तथा सुजल श्रेष्ठलाई समावेश गरेका थिए । श्रीलंकाविरुद्धको खेलमा रोमाञ्चक जित हात पार्दा योगदान पु¥याएका अञ्जन विष्ट, विशाल राई र नवयुग श्रेष्ठलाई पहिलो ११ लिस्टबाट बाहिर राखेका थिए । भारतविरुद्धको खेलमा डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी र रोहित चन्दले सम्हाले । विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्यालले भूमिका निर्वाह गरे । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङ छन् । प्रशिक्षक आक्रमणको जिम्मेवारी सुरुवातीमा सुजल श्रेष्ठ, मनीष डाँगी र सुमन लामाले दिएका थिए ।

माल्दिभ्स लगातार दोस्रो खेलमा विजयी
आयोजक माल्दिभ्सले लगातार दोस्रो खेलमा जित निकाल्ने क्रममा श्रीलंकालाई १–० ले हरायो । पहिलो खेलमा नेपालसँग १–० ले माल्दिभ्स स्तब्ध भएको थियो । मालेस्थित घरेलु रंगशालामा माल्दिभ्सको जितमा अली अस्फाकले निर्णायक गोल गरे । खेलको छैटौँ मिनेटमा अस्फाकले गरेको गोल नै निर्णायक बन्यो । माल्दिभ्सले दोस्रो खेलमा बंगलादेशलाई पराजित गरेको थियो । माल्दिभ्सले तीन खेलबाट ६ अंक जोडेको छ । श्रीलंका भने चार खेल खेल्दा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाले तीन हार र एक बराबरीसँगै एक अंक मात्र जोड्न सक्यो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको