३१ आश्विन २०७८, आईतवार

अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु १२ जना घाइते




ुअसोज २५, सुर्खेत । अछाममा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका–१ कुईकामा आईतबार राती भएको जीप दुर्घटनामा गाडी चालकसहित १२ बढी घाईते भएका छन ।

से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका–२ का १४ बर्षीय जीवन न्यौपाने, सोही वडाका १८ बर्षीय सर्प बोहरा र वडा नम्बर–३ का १७ बर्षीय जीवन जैसी र सोही वडाका १७ बर्षीया हिमाल नेपाली छन् ।

घाईते मध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ । घाईते मध्य वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहिलाई नेपालगन्ज लगिएको हो ।

जीप दुर्घटनामा घाईते हुनेमा जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं– २ का ६५ बर्षीया कृष्ण देवकोटा, १५ बर्षीया भरत ढकाल, भवानी ढकाल, १४ बर्षीया जीवन धामी, १६ बर्षीया जगत बिक, १६ बर्षीया हिक्मत आउजी, १७ बर्षीया प्रेम नेपाली, १८ बर्षीया सन्तोष ढकाल, १९ बर्षीया दिपेन्द्र धामी रहेका छन् ।

यस्तै घाइते हुनेहरुमा वडा नं–८ का २२ खम्म खनाल, वडा नं– ५ का १९ बर्षीया तपेन्द्र भण्डारी, १८ बर्षीया दिक्षित भण्डारी र मंगलसेन नगरपालिका वडा नं– ५ का मेघराज भाट रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको