३१ आश्विन २०७८, आईतवार

‘ओई काँजल’का गायक चक्र बमले ‘भाउजु’ सार्वजनिक गरे (भिडियोसहित)



२५ असोज, काठमाडौं । ‘ओई काँजल’ चौतर्फी रुचाइएपछि लोभलाग्दो चर्चा बटुलेका गायक चक्र बमले नयाँ युगल गीत ‘ओ मेरी भाउजु’ सार्वजनिक गरेका छन् । भाउजु र देवरको ठट्यौली सवाल–जवाफ समेटिएको देउडा शैलिको गीतको भिडियो आइतबार चक्र बमकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

चक्रलाई युगल गायनमा लक्ष्मि आचार्यले साथ दिएकी छिन् । गायक चक्र बमकै शब्द/संगीत रहेको ‘भाउजु’को संगीत संयोजन कृष्ण विश्वकर्माले गरेका हुन् । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतमा श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन छ ।

लोकप्रीय अभिनेत्री करिश्मा मानन्धरले भाउजुको भूमिका निर्वाह गरेकी छिन् । गायक चक्र आफै देवरको भूमिकामा र करिश्मा ढकाल सालीको भूमिका देखिएकी छिन् ।

कुलेखानी आसपासमा खिचिएको भिडियोमा अनिल के. मानन्धरको छायाँकन र प्रविण भट्टको सम्पादन रहेको छ । भिडियोको कोरियोग्राफी र निर्देशन मौसम हीमालीले गरेका हुन् ।

गीत र भिडियोलाई लिएर निकै उत्साहजनक प्रतिक्रिया र सल्लाह–सझाव आइरहेको गायक बमले रारापाटीलाई जानकारी दिए ।

गीतको भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको