३१ आश्विन २०७८, आईतवार

लेखु सहयात्रीको शब्द-संगीतमा महेन्द्रराज र रचनाले गाए ‘खुशी बाँडे बढ्छ’ (भिडियो)



२२ असोज, काठमाडौं । गायक महेन्द्रराज बराल र चर्चित गायिका रचना रीमालको युगल गायनमा ‘खुशी बाँडे बड्छ’ बोलको दशैं गीत सार्वजनिक भएको छ । गायक प्रकाश सुपुतको युट्युव च्यानलबाट बुधबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

युवा सर्जक लेखु सहयात्रीले गीतको शब्द-संगीत तयार पारेका हुन् । विषम आचार्यको संगीत संयोजन रहेको दशैँ गीतको ध्वनी सम्पादन साजन साहले गरेका हुन् । गीत ए प्लस् स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा रमेश बुढाथोकी, रश्मी भट्ट, प्रकाश सपुत, गरिमा शर्मा र प्रविष्टी सपुतको अभिनय हेर्न सकिन्छ । अनिल के. मानन्धरको छायाँकन, प्रविण भट्टको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र बब्लुले गरेका हुन् ।

गीत युट्युव ट्रेन्डिङ्गको १७ औं नम्बरमा छ । छोटो समय अवधिमै गीतको भिडियो २ लाख ९० हजार बढि दर्शकले हेरिसकेका छन् । गीतकार एवम् संगीतकार लेखु सहयात्रीले चाडपर्व, कला–संस्कृतिलालाई लिएर तयार पारिएको गीतलाई दर्शकले मन पराएर ट्रेन्डिङ्गमा ल्याइदिएपछि हौसला मिलेको बताए ।

गीतको भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको