५ आश्विन २०७८, मंगलवार

रहेनन् ‘प्रेमगीत–३’ का निर्देशक क्षेतेन गरूङ



२४ भाद्र, काठमाडौं । कुशल चलचित्र लेखक तथा निर्देशक क्षेतेन गुरूङको अल्पआयुमै आकस्मिक निधन भएको छ । महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारका क्रममै गुरूङको निधन भएको हो ।

दर्शकदिर्घामा निकै रूचाइएका चलचित्रहरू ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डमरूको डण्डिविायो’ तथा ‘प्रेमगीत–३’ का लेखक गुरूङको ४२ वर्षको उमेरमा बुधबार बिहान २ बजे निधन भएको हो ।
प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रेमगीत–३’को लेखनसँगै निर्माता सन्तोष सेनसँग गुरूङले संयुक्त निर्देशन गरेका थिए ।

गुरूङको स्वास्थ्यमा समस्या देखिएपछि ‘प्रेमगीत–३’ कार्यकारी निर्माता चक्रबहादुर चन्द र निर्माता सन्तोष सेनले सोमबार मेट्रो हस्पिटल लगेका थिए । लामो समयदेखि मिर्गौलासम्बन्धी समस्यासँग लडिरहेका गुरूङको कलेजोले पछिल्लो समय पूर्णरूपमा काम गर्न छोडेको थियो । चिकित्सकहरूले प्रयास गर्छौं भनेपनि त्यसो हुन नसकेको निर्माता चन्दले बताए ।

आशुसेन फिल्मले निर्माता सन्तोष र क्षेतेन गुरूङको संयुक्त निर्देशनमा चलचित्र ‘हुतुतु’ घोषणा गरिसकेको थियो । दूर्भाग्य भनौं, अब ‘हुतुतु’ मात्रै होइन क्षेतेनको लेखन र निर्देशनमै सदाका लागि पूर्णविराम लागेको छ ।

‘नोभेम्बर रेन’ बाट लेखकका रूपमा स्थापित गरूङले ‘डमरूको डण्डिवियो’बाट चलचित्र निर्देशन यात्रा सुरू गरेका थिए ।

गुरूङकी आमा र एक छोरी छन् । उनकी श्रीमतीको केही वर्ष अघि नै देहावसान भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको