२ कार्तिक २०७८, मंगलवार

एमाले नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश




असोज २१, काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

राजधानीको नयाँ बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जोशीले आफू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको बताए ।

एमालेमा चरम विवाद हुँदा उनी माधव नेपाल समूहमा थिए । पछि नेपालले नयाँ दल दर्ता गरेपछि उनी त्यसतर्फ नगई एमालेमै बसेका थिए ।

१० बुँदे सहमति कार्यान्वयनमा समस्या आएको भन्दै उनी असन्तुष्टि थिए । सोही महसुस गरेर एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएको जोशीले बताएका छन् ।

नेकपा हुँदा उनी सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज थिए । उनलाई पार्टी अध्यक्ष माधव नेपालले टिका र खादा लगाएर प्रवेश गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको