५ कार्तिक २०७८, शुक्रबार

पौडेल पक्षका उम्मेदवार हराउँदै नेपाली कांग्रेस मुगुको सभापतिमा शाही विजयी




असोज २१, सुर्खेत । नेपाली कांग्रेस मुगुको सभापतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार निवर्तमान सभाति खड्क शाहीलाई हराउँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका ऐनबहादुर शाही निर्वाचित भएका छन् । ऐबहादुरले खड्गबहादुरलाई ५६ मतले हराएका हुन् ।

विजयी ऐनबहादुरले ४ सय ६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्गबहादुरले ३ सय ५० मत पाएका थिए । कूल ७ सय ५६ मत खसेकामा १६ मत बदर भएको छ ।

अन्य पदाधिकारीमा पनि देउवा पक्षकै वर्चस्व छ । उपसभापतिमा कर्ण रावल र हरिजंग शाही विजयी भएका छन् । सचिवमा जन्मजया भण्डारी र लोकेन्द्रबहादुर मल्ल विजयी भएका छन् ।

मुगुका निर्वाचन क्षेत्रमा पनि देउवा पक्षले जितेको छ । प्रदेश ‘क’मा कार्मा फुल्जोक लामा र ‘ख’मा लोकराज दाहाल सभापति बनेका छन् ।

मुगुमा देउवा पक्षले सभापति, उपसभापति, दुई सचिव, एक सहसचिव, १३ सदस्य र १७ महाधिवेशन प्रतिनिधि हात पारेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको