३ कार्तिक २०७८, बुधबार

महिला हिंसाविरुद्ध नेपालगञ्जबाट हिँडेरै काठमाडौं




असोज २०, काठमाडौं । दुई महिलाको शंकास्पद मृत्युबारे बाँके प्रहरीले अनुसन्धान नगरेको विरोधमा पीडित र अधिकारकर्मीले सुरु गरेको नेपालगञ्ज–काठमाडौं पैदल मार्च काठमाडौँ आइपुगेको छ ।

१ असोजमा नेपालञ्जबाट हिँडेको टोली आज बिहान काठमाडौं आइपुगेको मार्चको अगुवाइ गरिरहेकी अधिकारकर्मी रुबी खानले जानकारी दिइन् ।

ुहाम्रो आन्दोलन जारी छ । हिजो दिनभर र रातभर हिँडेर हामी काठमाडौ‌ं थानकोट प्रवेश गरिसक्यौँु, उनले भनिन् । राति डेढ घण्टा मात्रै आफूहरूले आराम गरेको उनले बताइन् ।

काठमाडौंमा न्यायको माग गर्दै टोलीले सिंहदरबारमा धर्ना दिने योजना रहेको उनले जानकारी दिइन् । यसअघि पैदल मार्चका सहभागीले बुटवलमा लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयमा पनि धर्ना दिएका थिए ।

ःष्भिकतयलभलअभिि
बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी गत ५ साउनमा मृत भेटिइन् । झुण्डिएको अवस्थामा उनको शव घरमै भेटियो । उनी लामो समयदेखि घरेलु हिंसा ब्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको भन्दै पीडितले प्रहरीलाई गुहारे । तर, प्रहरीले अनुसन्धानै नगरेर आत्महत्या भनिदियो ।

त्यस्तै, एकल महिला निर्मला कुर्मी गत वर्ष मंसिरमा बेपत्ता भइन् । १६ मंसिरमा स्थानीयले प्रहरीमा किटानी जाहेरी दिए । तर, प्रहरीले अनुसन्धान गरेन । अहिले उनको मृत्यु भइसकेको बताइएपछि यी दुई शंकास्पद मृत्युको गहिरो अनुसन्धानको माग गर्दै पीडित र अधिकारकर्मीले प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको गेटमा १९ दिन ९१३–३१ भदौ० सम्म धर्ना दिँदासमेत आफ्नो माग सुनुवाइ नभएपछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपालगञ्ज–काठमाडौंको पैदल मार्च सुरु गरेको सहभागीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको