५ कार्तिक २०७८, शुक्रबार

बुद्ध एयर जहाज सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट



असोज २०, सुर्खेत । बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो ।

सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयरका सुर्खेत प्रमुख अनिल पन्तले बताए । ‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थल अवतरण गर्न सकिएन, त्यसैले नेपालगञ्ज डाईभर्ट गराइएको हो,’ उनले भने, ‘नेपालगञ्जबाट जहाज फेरि सुर्खेत आउन थालेको छ ।’

त्रिभुवन विमानस्थलबाट ८ बजेर १ मिनेटमा सुर्खेतका लागि उडान भरेको उक्त जहाजमा चालकदलका ४ जनासहित ४६ जना यात्रु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको