२ कार्तिक २०७८, मंगलवार

मन्त्रीपरिषद् गठन गर्दा ५० प्रतिशत विषगत विज्ञ ल्याउने व्यवस्था गर्न कर्णालीका एमाले प्रतिनिधिको सुझाव




असोज १७, काठमाडौं । एमालेको विधान महाधिवेशनको समुहगत छलफलमा कर्णालीका प्रतिनिधिहरूले मन्त्रीपरिषद् गठन गर्दा ५० प्रतिशत विषगत विज्ञ ल्याउने व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् ।

विधान महाधिवेशनको बन्दसत्रमा कर्णाली प्रदेशका तर्फबाट भागलिने नेताहरूले मन्त्रिपरिषद् गठन गर्दा ५० प्रतिशत जनप्रतिनिधि र ५० प्रतिशत विषयगत विज्ञ ल्याउने व्यवस्था गरिनुपर्ने सुझाव दिएका हुन् ।

यस्तै, उनिहरूले पोलिटब्युरोको व्यवस्था हुनुपर्ने, सबै तहका कमिटीका पदाधिकारीमा १ महिला र दलित सुनिश्चितता हुनुपर्ने सुझाव दिएका छन् ।

एमालेको चुनाव चिन्ह सूर्यचिह्नभित्रको हँसिया हथौडा हटाइ निर्वाचन प्रणाली खर्चिलो भएकोले यसलाई सुधार गर्नुपर्ने छलफलमा बताएको एमाले स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको