२ कार्तिक २०७८, मंगलवार

कांग्रेस अधिवेशनस् पौडेल खेमा उपस्थित नभए देउवा खेमाले उद्घा‌टन गर्ने



असोज १६, मुगु । नेपाली कांग्रेसको मुगु जिल्लाको अधिवेशन तोकिएको मितिमा हुन सकेको छैन । कांग्रेसको केन्द्रीय तालिकाअनुसार जिल्ला अधिवेशन १५ असोजमा गर्नुपर्ने हो तर मुगुमा आन्तरिक खिचातानीले अधिवेशन हुन नसकेको हो ।

शुक्रबार हिउँसो २ बजेका लागि तय गरिएको जिल्लाको नवौँ अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौड्याल खेमाका नेता, कार्यकर्ताहरूले उपस्थिति नजनाएपछि संस्थापन खेमाका नेता, कार्यकर्ताहरूले आज (शनिबार) बिहान ८ बजे उद्‌घाटन र बन्द सत्रमा उपस्थिति नजनाएपछि संस्थापन खेमाकै नेताले उद्घाटन गर्ने अडान राखेका छन् ।

संस्थापन खेमाका नेताहरूले तोकिएकै मितिमा अधिवेशन संचालन हुन नसकेकाले आज सदरमुकाम गमगढी बजारमा शान्तिपूर्ण ढंगले नाराबाजी गर्दै तोकिएकै मितिमा अधिवेशन गर्न माग राखेको छ ।

भोलि बिहान ८ बजे जिल्ला अधिवेशनका लागि उद्‌घाटन र बन्द सत्रमा पौड्याल खेमाका नेता, कार्यकर्ताहरू उपस्थित नभए सभापति शेरबहादुर देउवा खेमाका नेता, कार्यकर्ताहरूले सोही समयमै उद्‌घाटन र बन्द सत्र गर्ने पूर्वसभापति तथा हालका जिल्ला सभापतिका उम्मेदवार ऐनबहादुर शाहीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको