३ कार्तिक २०७८, बुधबार

कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टी फुटाए : ओली




असोज १५, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टीलाई विभाजन गरेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डको सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताए ।

पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको टिप्पणी गरे । उनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डको सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ । यसो हुनुमा नवौँ महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न माधन नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ,’ ओलीले भने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको