२ कार्तिक २०७८, मंगलवार

दशैं मनाउन नेपाल आउने नेपाली सिमा नाकामै ठगिन्छन्




असोज १५, सुर्खेत । दशैं मनाउनका लागि भारतबाट नेपाल आउनेहरु सिमा नाकामा ठगिन थालेका छन् । भारतबाट नेपाल आउँदा बाँकेको नेपालगञ्जस्थित रुपौडिया नाका रिक्साचालक, भारतीय सुरक्षाकर्मी, नेपाली सुरक्षाकर्मी, होटल व्यवसायी र गाडीका दलालले ठग्ने र लुट्ने गरेका हुन् ।

भारतमा ज्यादादारी तथा चौकीदारी गरेर कमाएर पैसा दशैंका लागि घर फर्किने नेपालीहरु ठगिने तथा लुट्ने काम हुँदै आएको छ ।

भारतबाट नेपाल आउने नागरिकहरु ठगिने तथा लुटिने क्रम बढेको भएको पनि भारतीय र नेपाली दुबै देशका सुरक्षाकर्मीले चासो दिएका छैनन् ।

सिमा नाकामा रुपौडियामा भारतीय तथा नेपाली सुरक्षाकर्मीको मिलेमतोमा नै ठग्ने गरेको भारतको हिमाञ्चलमा स्याउ टिप्ने र बोक्ने मजदुरी गर्दै आइका सुर्खेत लेकबेसी नगरपालिका–५ का जनक बिकले बताए । ‘एउटा रिक्सा चालकले हामी १० जनालाई सीमापारी रुपैडिहाबाट नेपालगञ्जसम्मको रिक्सा भाडा प्रतिव्यक्ति ५ सय भारतीय रुपैयाँ भाडा लग्यो,’ उनले भने,‘एसएसबीको बैरियरमा उतारेर रिक्सा चालक भाग्यो । एसएसबीलाई हामीलाई ठगेर भागेको भन्दा उनीहरुले कुनै कारवाही नै गरेनन् ।’

सिमा नाका रुपौडिहामा नेपालगञ्ज तथा भारतीय होटलवाला, रिक्सा चालक तथा अन्य व्यक्तिहरु भारी नबिसाउँदै आफुहरुलाई उता जाउँ उता जाउँ भनेर तानातान गर्ने गरेको कालिकोट रास्कोट नगरपालिका–६ का सुर्य फडेराले बताए । ‘सबै मिलेका हुन्छन् । हामी निम्छरालाई जता पनि ठग्नेबाहेक अरु केही गर्दैनन्,’ उनले भने,‘सुरक्षाकर्मीलाई भन्दा पनि उनीहरु झनै आफुले नसुनेको झैँ गर्छन् ।’

सुरक्षाकर्मी कै मिलेमतोमा ठगी

रुपौडिया नाकामा प्रहरी आफैले रकम असुली नगरेपनि प्रहरी रिक्सा चालक, होटल व्यवसायीसँग मिलेर रकम असुली गर्ने गरेको पीडितको भनाई छ । नाकामा प्रहरीले सामान ल्याएको भनेर खुलारुपमा रकम असुली गरिरहेको फर्किनेहरुको गुनासो छ । भारतबाट आउने नेपाली ठगिएको बिषयमा सिभिल पोशाकमा प्रहरी परिचालन गर्दा १७ जना प्रहरीलाई कारवाही गरेर जिल्ला तानिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी बताए । ‘ठगीमा र रकम असुलीमा संलग्न केही बिचौलियालाई पक्राउ गरेर निगरानी बढाइएको छ,’ उनले भने,‘भारतबाट फर्किने नेपालीको चाप बढेसँगै सीमा क्षेत्रमै पुग्ने होटल ब्यवसायी, अटोरिक्सा र विचौलियाले ठगी र लुटपाट गरिरहेका छन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको