३१ आश्विन २०७८, आईतवार

सुर्खेतमा १५ जुवाडे पक्राउ, दुई लाख ३३ हजार जफत




सोज १५ सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार राती तास खेली रहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय भानु कँडेल लगायत १५ जनालाई प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मेहलकुना र अस्थाई प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको