२ कार्तिक २०७८, मंगलवार

ललितपुरमा एमालेको विधान महाधिवेशन सुरु




असोज १५, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ । एमालेको राजनीतिक इतिहासमा पहिलोपटक हुन लागेको यो अधिवेशनमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली गोदावरी पुगिसकेका छन् ।

उनी पुगेसँगै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले कार्यक्रम संचालन गरिरहेका छन् ।

कार्यकर्तालाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘व्यवस्थापनका सन्दर्भमा केही समस्या रहेका हुनसक्छन् । हामीले हतारोमा यो कार्यक्रम आयोजना गर्‍यौं । कमरेडहरूलाई कहीं कतै खानपिनमा, यातायातमा, बस्ने कुरामा, दस्तावेजसहितको अन्य सामग्री प्राप्त गर्ने कुृरामा वा अन्य केही कुराहरूमा कमी भएको रहेछ भने ती कमीलाई आफ्नै घरको कमी ठानेर हामीलाई क्षमा दिनुहोला । चाहँदा चाहँदै पनि सबै कुरा पर्फेक्ट हुँदो रहेनछ ।’

गोदावरीमा आयोजना गरिएको यो महाधिवेशन तयारीका लागि ज्ञवाली निकै सक्रिय भएका थिए । ‘हामीले झण्डै २०र२२ दिन अघिबाट मात्र विधान महाधिवेशनको तयारी अगाडि बढाएका हौं । कमी भएका विषयलाई ठूलो नठानिदिनुहोला’, ज्ञवालीले ओली पुग्नुअघि नै नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने ।

गोदावरीमा आज बिहानैबाट बाक्लो संख्यामा नेताहरुको उपस्थिति देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको