२ कार्तिक २०७८, मंगलवार

आजबाट गोदावरीमा सुरु हुँदै एमालेको विधान महाधिवेशन




सोज १५, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुन लागेको महाधिवेशनको उद्घाटन सत्र आज १२ बजेटबाट सुरु हुन लागेको हो ।

बिहानैदेखि महाधिवेशनका प्रतिनिधिहरू गोदावरी पुगेका छन् ।

देशभरबाट आएका प्रतिनिधिहरू गोदावरीमा भेला हुँदैछन् । ६ हजार प्रतिनिधिहरूका लागि गोदावरीमा व्यवस्था गरिएको छ ।

एमालेको राजनीतिक इतिहासमै पहिलोपटक विधान महाधिवेशन हुन लागेको हो । यो अधिवेशन असोज १७ गतेसम्म चल्ने बताइएको छ ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता रहनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको