२ कार्तिक २०७८, मंगलवार

पुरुषोत्तम पौडेलद्वारा अनधिकृत रूपमा महासंघको नाम र लोगो प्रयोग नगर्न चेतावनी



१५ असोज, काठमाडौं । नेकपा (एमाले) को सबैभन्दा कान्छो जनवर्गिय संगठन नेपाल खेलकुद महासंघ (नेकोस) को २०७५ जेष्ठ २ पूर्वको केन्द्रीय कमिटीको वैठक सम्पन्न भएको छ । बैठकमा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले नेकपा एमाले संगको सम्वन्ध तोडेर अर्कै राजनीतिक दलसँग लागेकाहरूलाई महासंघको नाम, झण्डा र लोगो प्रयोग नगर्न चेतावनी दिएका छन् ।

बैठकमा अध्यष पौडेलले भने, ‘अर्कै राजनीतिक दलसँग आवध्द केही व्यक्तिहरूले नेपाल खेलकुद महासंघ माथी अनधिकृत दावी गर्दै अध्यक्ष र महासचिवलाई कारवाही गरेको विज्ञप्ती निकाल्नु लज्जाको विषय बाहेक केही होइन । म साथीहरूलाई महासंघको नाम, झण्डा र लोगो प्रयोग नगर्न चेतावनी दिन चाहन्छु ।’

उक्त बैठकले नेपाल खेलकुद महासंघलाई आगामी दिनमा नेकपा (एमाले)को जन संगठनको रूपमा अझ संगठित, व्यवस्थितत र एकतावध्द रूपमा अघि बढाउने अठोट गरेको छ । खेलकुद महासंघलाई खेलकुद चरित्रकै संगठनको रूपमा स्थापित गर्दै सबैलाई सम्मानजनक ढंगले अघि बढाउने निर्णय गरेको छ ।

उक्त बैठकले २०७८ असोज ९ गते महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल र महासचिव धर्मकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिलाई समेत अनुमोदन गर्दै एमालेको प्रथम विधान महाधिवेशन सफलताको निम्ती शुभकामना व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको