२ कार्तिक २०७८, मंगलवार

भ्वोइस अफ नेपालका विजेता किरण गजमेरको स्वरमा ‘नजरको गोली’ सार्वजनिक (भिडियोसहित)



१४ असोज, काठमाडौं । भ्वोइस अफ नेपाल सिजन-३ का विजेता किरण गजमेर र मेचु धिमालको युगल गायनमा सालैजो गीत ‘नजरको गोली’ सार्वजनिक भएको छ । संगीत भकारी युट्युव च्यानलबाट बिहिबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

युवा गीतकार लेखु सहयात्रीले सिर्जना गरेका शब्दमा करणराज कार्कीले अर्थपूर्ण संगीत भरेका छन् । यो गीतको प्रस्तुतकर्ता समेत संगीतकार करणराज नै हुन् । ए–वन म्यूजिसियन स्टुडियोमा रेकर्ड गरिएको सालैजो गीतको संगीत संयोजन देवेश राई र ध्वनी सम्पादन किशोर थापाले गरेका हुन् ।

भिडियोमा लोकप्रीय अभिनेता पल शाह र चर्चित मोडल गीता ढुंगानाको नृत्यसहितको अभिनय हेर्न सकिन्छ । रोचक पक्ष के छ भने यो गीतको भिडियोमा गायक किरण र गायिका मेचु स्वयमले नृत्य र अभिनय समेत गरेका छन् । यतिमात्र होइन वरिष्ठ अभिनेता दिलिप रायमाझी समेत अतिथी कलाकारको भूमिकामा देखापरेका छन् ।

गीतको भिडियोमा नवराज उपे्रतीको छायाँकन र विष्णुहरी तिमल्सिनाको सम्पादन रहेको छ । भिडियोको कोरियोग्राफी र निर्देशन मौसम हीमालीले गरेका हुन् ।

गीतको भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको