एमालेको राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा
असोज १४, काठमाडौं । नेकपा एमालेको पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले शुक्रबार सवा १२ बजे पार्टीका अध्यक्ष केपी ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए ।
उनले उद्घाटनपछि तीनवटा प्रस्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको बताए । विधान महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी बन्ने बताए ।