३१ आश्विन २०७८, आईतवार

टेकेन्द्र शाह निर्देशित ‘यो माया हो’मा पल र प्रिज्मा–प्रिन्सिको मनछुने अभिनय (भिडियोसहित)



१३ असोज, काठमाडौं । लोकप्रीय अभिनेता पल शाह तथा पछिल्लो पुस्ताका चर्चित कलाकार प्रिज्मा र प्रिन्सी खतिवडा अभिनित ‘यो माया हो’ गीत सार्वजनिक गरिएको छ । लाइमलाइट नेपालबाट गत साता गीतको भिडियो सार्वजनिक गरिएको हो ।

युगल गीतमा चर्चित गायिका मेलिना राई र निर्मल लामाको स्वर रहेको छ । डि.बी लामाको शब्द र संगित रहेको उक्त गीतको संगीत संयोजन साहस शाक्यले गरेका हुन् ।

दक्षिणकालीमा छायाँकन गरिएको गीतको भिडियो राम केसीले खिचेका हुन् । भिडियोमा एम सिंहको कोरियोग्राफी छ । मनछुने कथावस्तुमा तयार पारिएको भिडियोको सम्पादन र निर्देशन समेत टेकेन्द्र शाहले गरेका हुन् ।

छोटो समयमै गीतको भिडियो ३ लाख बढि दर्शकले हेरिसकेका छन् । युट्युवमा गीत र भिडियोलाई लिएर उत्साहजन प्रतिक्रिया आएको लाइमलाइट नेपालका निर्देशक टेकेन्द्र शाहले जानकारी दिए ।

गीतको भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको