३१ आश्विन २०७८, आईतवार

विप्लव नेकपाका केन्द्रीय सदस्य पुनले अर्का कार्यकर्तालाई पनि खाल्डोमा पुर्ने योजना बनाएका थिए !




असोज १३, काठमाडौं । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ ले अर्का एक कार्यकर्तालाई खाल्डोमा पुर्ने योजना बनाएको खुलासा भएको छ । हिजो मात्रै पार्टी निकट विद्यार्थी संगठनका पूर्वकेन्द्रीय सदस्य उषाकिरण आजादले पुनले आफ्ना खुट्टा भाँँच्ने योजना बनाएको सामाजिक संजालमा लेखेका थिए ।

त्यसैगरी विप्लव नेकपाका अर्का एक शान्त दुःखीबाट फेसबुक चलाएका कार्यकर्ताले पुनले अनाहकको कारवाहीबाट बचेर पार्टीको कार्यकर्ता हुँ भनेर हिडिरहेको छु । उनले आफू जिम्मेवारी पाउन नभएर परिवर्तनको लागि विप्लवको नेतृत्व रोजेको बताएका छन् ।

पार्टीमाथिको प्रतिबन्धको बेला पुनकै निर्देशनमा ललितपुरमा एक कार्यकर्ताको खुट्टा भाँचिएको समेत शान्तले बताएका छन् । पुनले प्रतिबन्धको बेला डाँडाकाँडामा लुकेर पार्टीका केन्द्रीय सदस्य माइला लामा र महासचिव विप्लवको आलोचना गर्ने गरेको दाबी शान्तले गरेका छन् ।
उनको स्टाटसले यस्तो छः
‘मलाई पनि माटोमुनी हाल्नुपर्छ भन्ने आदरणीय कमरेड उहाँ (चिरन पुन) नै हो । सलाम छ, कमरेड । हजुर महान् हुनुहुन्छ, त्यसैले म जिम्मेवारीविहीन भए पनि गर्व गर्छु । तपाईँजस्तो नेताको अनाहकको कारवाहीबाट बचेर पार्टीको कार्यकर्ता हुँ भनेर हिडिरहेको छु । म जिम्मेवारी पाउन होइन परिवर्तनको लागि कमरेड विप्लव रोजेको हुँ । अझै विश्वास छ, काममा पार्टीले बोलाउछ । यस्तोखाले कुरा र प्रवृतिको बारेमा सबैले थाहा पाइराख्नुपर्छ । अजादजीलाई धन्यवाद । कुरा के हो भने न बुझ्ने कार्यकर्ताको खुट्टा भाँच्न निर्देशन दिने यी मिलन को हुन् ? दक्षिणी ललितपुरतिर नि यिनकै योजनामा खुट्टा भाँच्यो निमुखा कार्यकर्ताको । यिनले सक्ने भए प्रतिबन्धभरी कति जना वर्गबैरी र सिआईडीको खुट्टा भाचे रेकर्ड छ ? आफू डाँडाकाँडा लुक्दै माइला लामा र महासचिव विप्लवको कमिकमजोरीको कुरा गर्दै हिड्ने नैतिक अधिकार कसले दियो ? थोरै गल्ती मेरो भयो, थोरै गल्ती नेतृत्वको, मैले आत्मालोचना गरेँ । तर, माटोमुनी हाल्ने कस्तो न्याय हो ?’

https://www.rarapati.com/archives/13910

प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको