२ कार्तिक २०७८, मंगलवार

कर्णाली करिडोर र लोकमार्गमा नयाँ भाडादर कायम




असोज १३, सुर्खेत । कर्णाली करिडोर र कर्णाली लोकमार्गमा नयाँ भाडादर कायम गरिएको छ । यातायात व्यवस्था कार्यालय जुम्ला र जिल्ला प्रशासन कार्यालय कालिकोटको समन्वयमा कर्णाली करिडोर र कर्णाली लोकमार्गमा नयाँ भाडादर कामयम गरिएको हो ।

नयाँ भाडादर अनुसार यात्रुले कालिकोटदेखि सुर्खेतका लागि ९ सिटे गाडीमा एक हजार दुई सय रुपियाँ तिर्नुपर्नेछ । यस्तै १५ सिटे गाडीमा एक हजार ३० रुपियाँ र ३६ सिटभन्दा माथिका गाडीको भाडा ८४० रुपियाँ कायम गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोट ले जनाएको छ ।

यातायात व्यवस्था विभागले कायम गरको भाडादरलाई आधार मानी नयाँ भाडादर निर्धारण गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘यातायात व्यवस्था विभागले निर्धारण गरको भाडादरमा कच्ची सडक भएकाले केही प्रतिशत थपेर नयाँ भाडादर निर्धारण गरिएको हो,’ उनले भने,‘यात्रुहरुबाट सवारीहरुले मनोमानी भाडा लिन नपाउन भनेर नयाँ भाडादर कायम गरिएको हो ।’

यस्तै, कर्णाली करिडोर निकै जोखिम भएकाले प्रतिकिलोमिटर १४ रुपियाँका दरले भाडा लिन यातायात समितिलाई निर्देशन दिइएको छ । जितेगडाबाट रास्कोट नगरपालिकाको सेराचौरसम्म ३४ किलोमिटरको भाडा एक जनाको ४७६ रुपियाँ कायम भएको छ । यसअघि यातायात समितिले एक जनाको एक हजार रुपियाँ भाडा लिँदै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको