३१ आश्विन २०७८, आईतवार

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा



असोज १३, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापामारी गरेको छ । प्रदेश सरकारले साइकल खरिदमा व्यापक अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेको हो ।

उजुरीको सम्बन्धमा स्थलगत रुपमा छानविनका लागि अख्तियारको टोली मन्त्रिपरिषद्को कार्यालयमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

साइकल खरिदमा प्रदेश सरकारले व्यापक अनियमितता गरिरहेको समाचारहरु पटक पटक सञ्चार माध्यमहरुमा आईरहेका छन् । बेटी पठाउ बेची बचाउ अभियान अन्तर्गत सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई प्रदेश सरकारले वितरण गर्दै आईरहेको छ ।

यो अभियान मुख्यमन्त्री कार्यालय अन्तर्गत सञ्चालित रहेको छ ।

अहिलेसम्मको अवस्थामा सातवटै प्रदेश मध्ये प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारले पहिलोपटक छापा हानेको हो । यसअघि सामाजिक विकास मन्त्रालयमा पनि अख्तियारले छापामारी गरेको थियो ।

स्रोतका अनुसार अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयको बेटी पठाउ बेची बचाउ अभियानसँग सम्बन्धित फाइलहरु नियन्त्रणमा लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको