३१ आश्विन २०७८, आईतवार

आमा बन्दै अभिनेत्री रञ्जना शर्मा




असोज १३, काठमाडौं । अभिनेत्री रञ्जना शर्मा आमा बन्ने भएकी छन् । गत वर्षको चैत्र २५ गते अमेरिकामै प्रेमी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी उनले बुधवार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले ‘बेबी बम्प’ सहितको एक तस्विर सार्वजनिक गरेकी छन् । कोरोना महामारीका कारण रञ्जना र निकेशले अनलाइनको माध्यमबाटै कानुनी विवाह गरेका थिए ।

२००६ मा रञ्जनाको पहिलो विवाह निर्देशक श्याम भट्टराईसँग भएको थियो । तर, उनी अमेरिका गएपछि श्यामसँग सम्बन्ध विग्रियो । त्यसपछि अलग अलग बस्दै आएका उनीहरुबीच ३ वर्ष अगाडि मात्र सम्बन्ध विक्षेद भएको हो । डिभोर्स अगावैदेखि निकेशको प्रेममा रहेकी रञ्जनाले अमेरिकामा बसोबास गर्ने आफन्त र चिनजानका फिल्मकर्मीको उपस्थितिमा गत वर्ष विवाह गरेकी हुन् ।

‘गहना’ टेलिसिरियलबाट अभिनय करिअर सुरु गरेकी रञ्जनाले ‘तिमी मेरी हौं, कन्यादान, सलाम छ मायालाई, विरताको चिनो, मर्यादा, मौसम, बदमास’ लगायतका फिल्ममा अभिनय गरेकी छिन् । फिल्ममा राम्रो माग हुँदा हुँदै एक दशक अगाडि अमेरिका हानिएकी उनले त्यसपछि अभिनयलाई निरन्तरता दिएकी छैनन् । उनी ४ वर्षअघि परिवारिक भेटघाटका लागि नेपाल आएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको