कमरेड प्रकाण्ड र रणवीर दुवैका इच्छा अनुकुल हामी कोही हुन सकेनौँ
म २०५७ फागुन २२ गते भुमिगत भएको दिन श्री पञ्चदेव माध्यमिक विद्यालय (जो अहिले क्याम्पस ) छ । त्यहाँ कक्षा १० का विद्यार्थीको विदाइ कार्यक्रम आयोजना गरिएको थिइयो अखिल क्रान्तिकारीबाट ।
विद्यार्थीका लोकप्रिय नेता जनम बराललाई गुमाएको र बिन्दमान बिष्टलगायतका नेता जेल रहेपछि कालिकोटको विद्यार्थी आन्दोलनको नेतृत्व खडक सेजुवालको हातमा थियोे । त्यो समय वरिपरि खड्क सेजुवाल सेती महाकालीको संयोजक रमेश मल्ल हुँदा विद्यार्थीमा राम्रै स्थापित थिए । सबैको आँकलन थियोे सेजुवाल विद्यार्थीको राष्ट्रिय राजनीतिमा राम्रै पकड राख्न सक्षम हुनसक्छन् । तर, समयले उनलाई सचिवालयबाटै बाहिर निकालिदियो । त्यसपछि विद्यार्थी संगठनको नेतृत्वमा जगत शाही आए, भर्खरैको बाल युवा प्रष्ट बोल्न सक्ने परिस्थितिको मुल्याङ्कन र हरेक निर्णय समयमै लिनसक्ने क्षमताले जगत शाही विद्यार्थी राजनीतिमा छोटै समय चिरपरिचित भए त्यो क्षेत्रमा अनि मानिसहरुको आस थियोे अब जगत केन्द्रीयस्तरको राजनीतिमा स्थापित भयर जान योग्य छ समय त्यहि दोहोरियो । कमरेड जगत शाही पनि सचिवालयबाटै बाहिरिनु पर्याे ।
यहाँसम्म आउँदा भने बिन्दमान बिष्ट विद्यार्थीको नेता रहि रहे । तर, जब मुल नेतृत्वमा जाने स्थिति भयो उनी पनि बाहिरिए । यो बेलासम्म पार्टी बिभाजन भइसकेको थियो । पार्टी दुइलाइन संघर्षले पञ्चा सिह र खेमसिंहसहितका नेताहरु प्रचण्डको नेतृत्वमा रहेको माओवादीमा लागे हामी जिल्लास्तरका साथीहरुसहित वैद्य नेतृत्वको माओवादीलाई साथ दिने निर्णयमा पुग्यौँ ।
बिचार लाइन संघर्ष निकै पेचिलो बन्यो कमानसिंह बस्नेतको नेतृत्वमा रहेको भेरी कर्णालीको विद्यार्थी नेताहरुमा म, बिनि शाही र बलबहादुर क्षेत्री वैद्यतिर अरु सबै नेताहरु प्रचण्डतिर लागे, लाइसंघर्ष चर्किएपछि १८औ राष्ट्रिय सम्मेलनमा हामी ३ नै जनालाई विद्यार्थीबाट निकाल्ने प्लानसहित जिल्लाका कोषाध्यक्ष र सदस्यसम्मलाई केन्द्रीय कमिटीमा प्रस्तावित गरियो । कडा प्रतिवादका बाबजुत पार्टी बिभाजनसम्म हामी संगठनको केन्द्रीय सचिवालयको जिम्मेवारीमा फर्कियौँ । त्यसपछि १९,२० र २१ औं सम्मेलनसम्म कठिन राजनीति पारिवारिक अवस्थाका बीचबाट भेरी कर्णालीको संयोजक केन्द्रीय आर्थिक बिभाग प्रमुख तथा पुर्वाञ्चल विश्वविद्यालय र सिटिइभिटीको प्रमुख भएर काम गरियो । यो बीचमा राजनीति र नीजि जीवनले झेल्नुपरेका कठिनाईहरु अव्यक्त छन् । समय आए लेखौँला ।
हिजो मात्रै अखिल क्रान्तिकारीको २२ औ राष्ट्रिय सम्मेलन सकियो । कालिकोटको विद्यार्थी आन्दोलनलाइ एकाध अमुख पात्रको भबिष्यलाई सर्वाेपरि राखेर अरु सबैका सपना चाहानालाइ हत्या गर्ने बिगतको परम्पराले निरन्तरता पायो । हरेक मान्छे एउटा लाइनमा लागिसकेपछि उसको सपना त्यही बाटोमा आफुलाई सफल र अब्बल प्रमाणित गर्ने हुन्छ । त्यो भक्ति सञ्याल, जनम बराल, बिन्दमान बिष्ट, खडक सेजुवाल, जगत शाही हुँदै आजसम्म आउने नेताहरुको आफ्नो सपनासँग जोडिएका केही इच्छा हुदाँ हुन् । तर योजनाबद्ध ती इच्छा र सपनाको हत्या गरियो ।
एक कुशल अभिभावकले आफ्नो सन्तान हुर्काउनु बढाउनु रेखदेख गर्नु र उसको भबिस्य सुखद बनाउनुलाई आफ्नो कर्तव्य ठान्दछ हामि कहाँ त्यो हुनसकेन् । दुई मुख्य नेताको पुर्वाग्रहको खिचडीको बलि हरेक बेला हरेक नेता भए । कमरेड प्रकाण्ड र रणवीर दुवैका इच्छा अनुकुल हामी कोही हुन सकेनौँ । एकसँग बोल्दा अर्को सौतेनी सन्तानको व्यवहार गर्ने रोगको सिकार आफैले हुनुपर्दाको अवस्थाको मुल्याङ्कन गर्नै सक्दिनँ । कहिलेकाही त लाग्छ बिन्दमान बिष्ट पञ्चा सिंह र खेमसिंहहरु यहि खिचडीको सिकार हुने अवस्था भएको भए पदाधिकारीसम्म पक्कै पुग्थेनन् ।
मेरो ख्यालमा अहिलेसम्म केन्द्रीयस्तरसम्म पुगेका मध्य १÷२ जना मनपरेका नेताहरु पदाधिकारीसम्म पुग्न सके बाँकी सबै गलहत्याइए । विद्यार्थी नै सवथोक होइन यो आवधिक संगठन हो यहाँ सधैं कोही रहदैन् । तर, दुःखद भन्नै पर्छ यहाँ बलिदानको मूल्य तोकियो, त्यागको मूल्य उचोनिचो भयो, समर्पणको मापन पुवाग्रहको कडीबाट भयो र नेताका सन्तान सहिद भए उनीहरुको स्तर एक कार्यकर्ताका सन्तान सहिद भए उनीहरुको एक र जनस्तरबाट सहिद भए उनीहरुको एक छ । कम्युनिस्टहरु रगत रातो छ भन्छन् तर रगत भित्र रंग खोज्दछन् त्यो तितो सत्य सबैले भोगेकै होलान् । २१ औँ सम्मेलनमा अमुख पात्र नेता बनाउन प्राय सबै निकालिए अहिले बढुवा गर्न भएका निकालिए । गोरुको लडाई बाच्छाको मिचाई कहिलेसम्म गर्छन कालिकोटका नेताहरु हेर्दै जाउला नै ।
आलोचना सुन्नै नसक्ने, थोग्न र भोग्न त परको कुरा रचनात्मक आलोचना गर्दा ठिक पार्नुपर्छ भन्ने तिमीहरु मेरो आलोचना गर म बढुवा भइरहन्छु भन्ने अनि देखि नसहने र पेल्ने तरिकाको सिकार बनेकाहरुलाइ अवश्य थाहा होला नै अझ गहिरो अहिले यति भनम ।
तर, अपुताली राजनीति गर्नु हुन्न भन्ने नाममा अमुख नेताको सन्तान बचाउन, नेता बनाउन अरु जनताका छोराछोरीलाइ बली चढाउनु जायज न हिजो लागेको थियो न आज लाग्छ न त भोली नै लाग्नेछ । (बमको फेसबुक वालबाट)